पोखरा । दशौँ महाधिवेशन अन्तर्गत कास्कीका तीन पालिकामा अधिवेशन भएकाे छ । दुईवटामा स्थगित भएको छ ।
अन्नपूर्ण गाउँपालिकामा विवेक देवकोटाको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत चयन भएको छ । यहाँ ५ जनाले अध्यक्षमा उम्मेद्वारी दर्ता गराएका थिए।
पालिका उपाध्यक्ष सगुन गुरुङ, वडाध्यक्ष चन्द्रबहादुर गुरुङ, नेताहरु गौरी सुवेदी, सोमनाथ पौडेल उम्मेदवार थिए । आन्तरिक रुपमा अन्य नेतालाई माथिल्ला तहमा समायोजन गर्ने सहमतिपछि नेतृत्व चयन भएको हो । समितिको उपाध्यक्षमा मिना गुरुङ, सचिव मदनप्रसाद पौडेल तथा उपसचिवमा दानबहादुर केसी र विराज सुवेदी चयन भएका छन् ।
मादीमा बालकृष्ण गुरुङको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । हरिबोल गौतम र पसबहादुर बास्तोलाले समेत अध्यक्षमा दावी गरेका थिए । उनीहरुलाई अन्य पदमा मिलाउने गरी सहमति जुटाइएको हो । मादीको उपाध्यक्षमा एकाजंग गुरुङ, सचिवमा सुवास सापकोटा, उपसचिवमा राजु अधिकारी र प्रतिक्षा पौडेल चयन भएका छन् ।
रुपामा पनि पूरानै अध्यक्षलाई निरन्तरता दिइएको छ । सहबक्स मियाँ नयाँ कार्यसमितिको अध्यक्ष बनेका छन् । वडा नम्बर ५ का सदस्य दामोदर घिमिरेले पनि दावी गरेका थिए । समितिको उपाध्यक्षमा निलकण्ठ रेग्मी, सचिव टेकबहादुर गुरुङ तथा उपसचिव बलबहादुर श्रेष्ठ र सोम सुनारी चयन भएका छन् ।
माछापुछ्रेमा स्थगित, पाेखरामा आज
पाेखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिकामा अधिवेशन स्थगित भएकाे छ । माछापुछ्रेमा पदाधिकारीमा धेरैले आकांक्षा पेस गरेका छन् । सदस्य सर्वसम्मत भए पनि पदाधिकारीमा सहमति नजुट्दा स्थगित गरिएको छ ।
अध्यक्षमा चार जनाले दावी गरेका छन् । विक्रम गुरुङ, पानबहादुर क्षेत्री, महेश्वर दवाडी र यदुराम अधिकारीले मनोनयन दर्ता गराएका हुन् । उपाध्यक्षमा सूर्य गुरुङ, कृष्णकुमारी पौडेल दवाडी, षडानन्द गौतम र केशव पोखरेल, सचिवमा दुर्गाबहादुर क्षेत्री, अनुप गुरुङ, सुनिल गौतम र बालकृष्ण अधिकारी तथा उपसचिवमा ऋषि गौतम, राधिका अधिकारी र बलराम अधिकारी उम्मेदवार बनेका छन् ।
पोखरामा पनि आकांक्षी धेरै भएका कारण मंगलबार सहमति जुट्न सकेन । आज १० बजेदेखि अधिवेशन प्रक्रिया सुरु हुँदै छ । पोखराको नेतृत्वका लागि हालका अध्यक्ष दीपक पौडेल, तेजनारायण अधिकारी, दिलिप पौडेल र संजीवबहादुर कोइरालाले दावी गरेका छन् । अन्य पदमा पनि धेरैको आकांक्षा छ । सबै आन्तरिक लविङमा लागेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend