काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोनलमा आफूहरूले विद्रोहको राँको बालेकोे दाबी गरेका छन् ।
मंगलबार विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न जिल्ला आइपुगेका नेपालले यस्तो बताएका हुन् । सर्लाहीमा पत्रकारहरूसँगको भेटघाटको क्रममा अध्यक्ष नेपालले नेकपा (एस)ले समाजवादका मूल्य र मान्यतालाई स्थापित गर्नेसमेत बताए । कम्युनिस्टको नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गलत कदम चालेको उनको आरोप थियो ।
नेकपा एमाले अध्यक्ष ओलीले नेता महत्त्वपूर्ण ठानेर अगाडि बढेका तर आफूहरूले सधैँ नीति पहिलो भन्ने फरक मत प्रस्तुत गरेको उनले बताए । नेकपा एमाले अध्यक्ष ओलीले आफ्नो स्वार्थका लागि दुई तिहाइको सरकारलाई आफैँले कमजोर बनाएको आरोपसमेत नेपालले लगाए । ‘दुई तिहाइको सरकारलाई कमजोर बनाउन पहिला माओवादीलाई अलग गराए’, उनले भने, ‘त्यसपछि हामीलाई समेत घोक्र्याएर पार्टीबाट निकाले ।’
ओलीले ठूला कुरा मात्र गरेको उनले दाबी गरे । काम एउटै नगरेर देशभर एकै पटक विभिन्न कार्यक्रम घोषणा गरेर गिनिजबुकमा नाम लेखाउने काम गरेको उनको भनाइ थियो । धेरै गफ गर्ने गफाडी प्रधानमन्त्रीका रूपमा केपी ओलीको गिनिज बुकमा नाम लेखिने भन्दै नेपालले ओलीको भनाइलाई खिसी गर्न पनि भ्याए । ‘ओलीले प्रधानमन्त्री हुँदा गरेका कामको फेहरिस्त हेर्ने हो भने काम केही छैन, कुरा मात्र हो’, नेपालले भने ।
नेता नेपालले आफूहरूसँग मत मिल्ने जुनसुकै पार्टीसँग एकता हुन सक्ने तर नेकपा एमालेसँग त्यस्तो कुनै संभावना नरहेको ठोकुवासमेत गरे । ‘यसमा जनताले निश्चिन्त भए हुन्छ’, उनले भने ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend