Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • समाजवादीका केन्द्रीय सल्लाहकार एमालेमै फर्किए


    मंगलबार, कार्तिक ९ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार सदस्य रहेका नन्दीकेशर ढकाल एमालेमै फर्किएका छन् ।

    मंगलबार एमाले बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनमा सहभागी हुँदै उनले समाजवादी छाडेका हुन् । उनलाई एमालेमा पार्टीका उपमहासचिव विष्णु पौडेलले स्वागत गरेका थिए ।

    अधिवेशनअघि ढकालले उपमहासचिव पौडेलसँग छलफल गरेका थिए । छलफलपछि उनी मूल पार्टीमै फर्किएर अधिवेशनमा सहभागिता जनाएका हुन् । ढकाल रुपन्देहीमा एमालेका पुराना नेताको रूपमा चिनिन्छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार