विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले सोमबार साँझ मोरङमा अगुवा कार्यकर्ताहरूलाई पालिका अधिवेशनमा चुनाव नगर्न निर्देशन दिए । माधव नेपाल पार्टी छाडेर गएपछि गुटको अन्त्य भएकाले सबैलाई मिलाएर लैजान पनि उनले निर्देशन दिए ।
पत्रकारलाई जान प्रतिबन्ध गरिएको कार्यक्रममा ओलीले पालिकाको अधिवेशनमा चुनाव भए इतर समूह रमाउनेसमेत बताएको सहभागी एक नेताले बताए । मंगलबार भएको विराटनगर अधिवेशनमा भने दुई खेमा देखिएपछि उद्घाटन सत्र सकेर बन्द सत्र भोलि बुधबारसम्मका लागि स्थित गरिएको छ ।
नगर कमिटीको नेतृत्वका लागि दुई जना दाबेदार भएपछि मिलाउनका लागि स्थगित गरिएको अधिवेशनमा खटिएका एमालेका नेताहरूले बताएका छन् । नेतृत्वका लागि महानगर कमिटी अध्यक्ष सागर थापा र प्रदेश कमिटी सदस्य पर्शुराम बस्नेत मैदानमा देखिएका छन् ।
यस्तै, सचिवमा राधेश्याम कट्टेल र रोहित कोइराला मैदानमा उत्रिएर भोट मागिरहेका छन् । यसअघि जिल्ला कमिटी मोरङको सचिवालय सदस्य रहेका बस्नेतलाई विधान अधिवेशनमा सहभागी गराउनका लागि प्रदेश कमिटी सदस्य बनाइएको थियो । उनी प्रदेश खेलकुद समिति सदस्य सचिव पनि हुन् ।
थापा भने नेकपा हुँदासमेत अध्यक्ष नै रहेका थिए भने अहिले पनि उनी अध्यक्ष नै रहेका छन् । एमालेका जिल्ला तहका नेतादेखि प्रदेश तहका नेताहरू भने चुनावी प्रक्रियामा नगई नेतृत्व टुंग्याउन लागिपरेका छन् । प्रदेश कमिटी सचिव विनोद ढकालले यसको नेतृत्व गरिरहेका छन् ।
महानगर अधिवेशनको उद्घाटन गर्दै एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले पदका भोकाहरूले पार्टी फुटाए पनि त्यसको असर नदेखिएको दाबी गरे । माधव नेपाल अलग्गिएसँगै गुटको अन्त्य भएको भन्दै उनले अब गुटको राजनीति गर्ने छुट कसैलाई नभएको बताए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend