काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले आफ्नो पार्टीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन् ।
‘हाम्रो बैठक पनि बसेको छैन । पार्टीले महाभियोगको बारेमा छलफल नै भएको छैन,’ रिपोर्टर्स क्बलमा उनले भने, न्यायालयको झगडा छताछुल्ल हुनुहुँदैन । बरु, न्यायालय पुनर्संरचना गर्नुपर्छ ।’ उनले न्यायालयको पुनर्संरचनाको कुरा उठाउनुको कारण भने प्रधानन्यायाधीशले मात्रै नभएर बरु सबै न्यायाधीशले राजीनामा दिनुपर्ने रहेकोतर्फ संकेत गरेका छन् ।
उनले भने, ‘केही दिनदेखि न्यायालयको विषयमा प्रश्न उठेका छन् । न्यायालय सबैले विश्वास गर्ने हुनुपर्छ । यसको प्रतिष्ठा राम्रो हुनुपर्छ । न्याय पद्धती पारदर्शी हुनुपर्छ भन्ने हाम्रो भनाइ रहँदै आएको छ । यसमा हामी अहिले पनि त्यही धारणा राख्छौं । न्यायालयको स्वतन्त्रता, निश्पक्षताप्रति हामी प्रतिबद्ध छौं ।’
प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउनेबारे कांग्रेसको धारणा के हो भनेर सोधिएको प्रश्नमा उनले भने, ‘यो विषयमा दलहरु निश्चित रुपमा सहमत भएर अघि बढ्नुपर्छ । यो पाटोमा अहिले नै प्रवेश गर्नुपर्छ भन्ने लाग्दैन । यो विषयमा हाम्रो पार्टीले दृष्टिकोण निर्माण गरेको छैन् । अहिले न्यायाधीशहरुले इजलास बहिष्कार गर्नुभयो, यो नौलो घट्ना हो । यो नीति र दल विशेषको कुरा होइन । सर्वोच्च अदालतको पुनर्संरचना र न्यायालयको पुनर्संरचना आवश्यक छ । यो घट्नाक्रमले पनि यो संकेत गरेको छ । न्यायलयलाई सक्षम बनाउन, विश्वास जगाउन, न्यायमा शुद्धता दिनको निम्ति दलहरुले अब सोच्न जरुरी छ ।’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend