जाजरकोट । नेकपा एमाले जाजरकोटले दुई पालिकासहित २५ वडामा अधिवेशन सम्पन्न गरेको छ । पार्टी सदस्यता नवीकरणको काम नटुंगेका कारण बाँकी वडामा ढिला भएको नेता निरज आचार्यले बताए ।
उनका अनुसार बारेकोट गाउँपालिकाका नौ वडा, नलगाड नगरपालिकाका १३ वडा र भेरी नगरपालिका ८, ११, ४ र ३ नम्बर वडामा मात्र अधिवेशन भएका छन् ।
भेरीकै १, २, ५, ६, ७, ८, ९, १०, १२, नम्बर वडामा भने अधिवेशन हुन सकेन । भेरीमा नेकपा (एकीकृत समाजबादी) बलियो भनिएका ठाउँमा मात्र अगाडी वडा अधिवेशन सम्पन्न गरिएको छ । अन्य वडामा मंगलबार र बुधबार अधिवेशन गर्ने तयारी छ । सबैभन्दा बढी फुटको प्रभाव रहेका वडा भेरी नै हो ।
यस्तै कुशे गाउँपालिकाभित्रका नौ वडा, छेडागाड नगरपालिकाका १३ वडा, शिवालय गाउँपालिकाका नौ वडा, जुनीचाँदे गाउँपालिकाका ११ वडा र छेगाडाड नगरपालिका १३ वटा वडमा अधिवेशन हुन बाँकी रहेको नेता डम्बरबहादुर सिंहले बताए ।
नलगाड नगरपालिका र बारेकोट पालिका स्तरीय अधिवेशन आज गर्न लागेको नेता सिंहले बताए । जाजरकोटमा सात पालिकामा ७७ वडा छन् । ७७ मा २६ वडामा मात्र आज अधिवेशन भएको छ । सदस्यताको समस्या समाधान नभएसम्म सबै ठाउँमा अधिवेशन सम्पन्न नभएको नेता सिंहले जानकारी दिए ।
नेकपा एमाले डोल्पाका नेता लंकबहादुर रोकायका अनुसार डोल्पोबुद्ध गाउँपालिका बाहेक अन्य सबै पालिकामा वडाअधिवेशन सकिएको छ । आज मुड्केभचुला गाउँपालिकामा गाउँकमिटि गठन हुँदै गरेको उनले बताए । डोल्पामा आठ स्थानीय तह रहेका छन् । ठुलीभेरीका ११, त्रिपुरासुन्दरीका ११, शे–फोक्सुण्डो नौ, जगदुल्ला ६, मुड्केचुला नौ, काइकेमा सात र छाकाताङसुङ ६ वडामा अधिवेशन भइसकेको उनले बताए । डोल्पोबुद्ध गाउँपालिकाका ६ वडामा हुन सकेको छैन । पार्टी सदस्यताको समस्या समाधान नभएकाले त्यहाँ अधिवेशन हुन नसकेको हो ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend