Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेको वडा अधिवेशन : महोत्तरीमा विवादपछि समानान्तर कमिटी गठन


    सोमबार, कार्तिक ८ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । महोत्तरीमा नेकपा एमालेको वडा अधिवेशमा विवाद सिर्जना भएको छ । वडा अधिवेशन एकलौटी ढंगले गरेको भन्दै बल्वा नगरपालिकाका, रामगोपालपुर नगरपालिका र सम्सी गाउँपालिकाका केही वडाहरूमा समान्तर कमिटी समेत गठन भएका छन ।

    पाटीभित्र गरेको योगदानलाई बेवास्ता गरी नातागोता र सम्बन्धको आधारमा निर्वाचित गरेको भन्दै समानान्तर कमिटी गठन गरिएको छ ।

    केही असन्तुष्ट समुहले समानान्तर कमिटी गठन गरे पनि छिट्टै त्यसलाई समाधान गर्ने नेकपा एमाले महोत्तरीका सचिव सिताराम झाले बताए ।

    ‘यदि दुवै पक्षमा सहमति नभए हामी निर्वाचन नै गर्ने तयारी गर्दै छौँ । अवस्था हेरेर तुरुन्त निर्णय गर्छौ’, सचिव झाले न्युज कारखानासँग भने ।

    महोत्तरीका १३७ वडामध्ये करिब ८० प्रतिशत वडाहरूमा सर्वसम्मत रूपमा नेतृत्वसहित पदाधिकारी चयन भएको झाले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार