जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन् ।
प्रेस युनियन धनुषाले आइतबार जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस पूर्वउपभापति समेत रहेका नेता सिंहले पदाधिकारीहरूले महाधिवेशन प्रति उदासिन रहेकोले विगतमा पटकपटक महाधिवेशनको मिति सारिएको बताए ।
तोकिएको मितिमै महाधिवेशन हुनुपर्ने बताउदै उनले भने, ‘क्रियाशील सदस्यको विवाद रहेका दुई जिल्लाको वडाको समस्या समाधान गरी महाधिवेशन तोकिएकै समय हुनुपर्नै हरेक कांग्रेसजनको चाहना हो ।’
१४औं महाधिवेशनमा नेतृत्व परिवर्तनको आवश्यकता रहेको बताउँदै उनले सभापतिमा आफूहरूले उम्मेदवारी दिने पक्का रहेको बताए । सर्वसहमत रूपमा आफू सभापतिको उम्मेदवारको लागि नेताहरूसँग निरन्तर छलफल रहेका उनले बताए ।
पार्टीलाई गतिशिल बनाएर देशलाई आर्थिक क्रान्तिको बाटोमा डोर्याउन सफल र सक्षम नेतृत्वको खाँचो रहेको उनले औँल्याए । कांग्रेस नेतृत्वमा बनेको वर्तमान सरकारले ८८ दिनपछि पूर्णता पाएको बताउँदै उनले सरकारले कोरोना नियन्त्रण, बाढीपहिरो पीडितलाई राहत दिन सरकार गम्भीर रहेको बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend