Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तीन दिन झापामा के गर्दै छन् ओली ? यस्तो छ तालिका


    आइतबार, कार्तिक ७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • झापा । पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीले गृहनगर झापासहित तीन दिन प्रदेश १ मा रहने भएका छन् ।

    एमालेका वडा अधिवेसन सकिएको भोलिपल्ट आइतबार गृहनगर झापा पुगेका ओलीले आजै १२ बजे बिर्तामोडमा माओवादी कार्यकर्तालाई एमालेमा प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्नेछन् भने धुलाबारीमा कार्यकर्तालाई सम्बोधन गर्नेछन् ।

    ८ कात्तिकमा गौरादह नगरपालिका–५ महारानीझोडामा साना किसान महिला सहकारी संस्थाले निर्माण गरेको पाहुना घरको उद्घाटन कार्यक्रम सम्पन्न गरेपछि ओलीले सोही दिन गौरीगञ्ज बजारमा दसैँतिहार, छठको शुभकामना आदनाप्रदान कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

    भूमिगत कालमा बिताएका सहकर्मीहरूसँग भेटघाट गरी ९ गते पार्टी नेताहरूसँग छलफल गरेर काठमाडौं फर्कने कार्यतालिका छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार