बैतडी । नेकपा (एकीकृत समाजवादी) बैतडीको पहिलो विस्तारित बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । बैठकले तीन महिने संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । संगठन विस्तार अन्तर्गत पालिकाका कमिटीहरु गठन गर्ने, अहिले गठन प्रक्रियामा रहेका वडा कमिटी गठनलाई निरन्तरता दिने, जनवर्गीय संगठनहरु विस्तार गर्ने, नयाँ सदस्यता थप गर्ने र पुरानालाई नवीकरण गर्ने बताइएको छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका पोलिटब्यूरो सदस्य तथा बैतडी जिल्ला इन्चार्ज परमानन्द भट्टले अबको तीन महिना संगठन विस्तार र सुदृढीकरणमा लाग्ने बताए । विस्तारित बैठकले जिल्ला सचिवालय गठन गर्ने तथा जिल्ला कमिटी सदस्यहरु थप गर्ने निर्णय गरेको छ ।
सचिवायल सदस्यको टुंगो लगाउने जिम्मेवारी जिल्ला कमिटीका पदाधिकारीलाई दिएको छ । जिल्ला पदाधिकारीले नै स्थानीय तहका इन्चार्जहरु तोक्नुका साथै जनवर्गीय संगठनका इन्चार्जसमेत तोक्ने निर्णय गरेको छ । सचिवालय सदस्यमा यसअघि नेकपा एमालेमा छँदा सचिवालय सदस्य र जिल्ला कमिटी सदस्य रहेका ब्यक्तिलाई स्वतः समावेश गर्ने र जिल्ला कमिटी सदस्यको टुंगो पदाधिकारी बैठकले लगाउने बताइएको छ ।
पार्टीले केही दिनअघिको अविरल वर्षाका कारण विपदमा परेका बैतडीवासीका पीडाहरु सरकार समक्ष पुर्याउने जनाएको छ । बाढी पहिरो पीडितका लागि तत्काल राहत तथा पुनर्स्थापनाका काम अघि बढाउन सरकारलाई आग्रह गरेको छ ।
यसैगरी स्थानीय तहमा भइरहेको भ्रष्टाचार न्यूनीकरणका लागि पहल गर्ने, सार्वजनिक मुद्दामा बहस गर्ने, विकास निर्माणका काममा हुने ढिलाईको कारण खोजी र कार्यान्वयन पक्षलाई बलियो बनाउने निर्णयसमेत भएको पोलिटब्यूरो सदस्य भट्टले बताए । उनले भने, ‘हामी अब पार्टी संगठन विस्तारको कामलाई तीब्रता दिनुका साथै आम जनताका सानादेखि ठूला मुद्दामा केन्द्रीत हुन्छौं ।’
उनले अहिले सरकारमा रहेका दलहरुको गठबन्धन आगामी चुनावसम्म रहने र चुनाव जितेरै छाड्ने दावी गरे ।
पत्रकार सम्मेलनमा नेकपा (एस) का प्रदेश सहसचिव एवं सुदूरपश्चिम प्रदेशका पूर्वउद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले आफ्नो पार्टी अहिले पनि सरकारमा भएकाले जनजिविकाका सवालहरुमा केन्द्रीत रहेको बताइन् ।
उनले भनिन्,‘सुदूरपश्चिम प्रदेश सरकारमा हाम्रो पार्टीको बाहुल्यता छ । केन्द्र सरकारमा हाम्रो पार्टीको गठबन्धन छ । त्यसैले दुबै सरकारसँग हामी जनजीविकाका सवालमा कुरा उठाउछौं । अहिले बर्षाका कारण विपदमा परेका बैतडीबासीका समस्यालाई हल गर्न, उनीहरुको पुनर्स्थापना गर्न हामी पहल गर्छौ ।’
पार्टीको केन्द्रीय सदस्यसमेत रहेकी भट्टले केन्द्रीय नेताका कारण पार्टी विभाजन भएकाले यसमा आफूहरुको कुनै गल्ती नरहेको बताइन् । उनले आफ्नो पार्टी अहिले सानो भए पनि जिल्लाका पुराना नेताको खोजी गरी उनीहरुसँगको सहकार्यमा अगाडि बढ्ने बताइन् ।
पत्रकार सम्मेलनमा नेकपा (एस) का जिल्ला अध्यक्ष महादेव भट्टले विगतमा भएका गल्ती कमजोरीलाई सुधार्दै नेकपा (एस) बलियो पार्टीको रुपमा स्थापित हुने बताए । उनले आगामी निर्वाचनमा बैतडीका ५० प्रतिशत स्थानीय तहमा आफ्नो पार्टीले चुनाव जित्ने दावी गरे । सीपी लोहिया,/न्युज कारखाना
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend