काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले सार्वजनिक संस्थाहरु बलियो हुनुपर्ने बताएका छन् । नेपाल विद्युत प्राधिकरणको कर्मचारी संघको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले सार्वजनिक संस्थाप्रति अलमल रहेको र त्यो नेताहरुमा पनि विद्यमान रहेको बताए ।
कांग्रेसमाथि उद्योग बेचेको आरोप लाग्ने गरेको भन्दै थापाले त्यो सबै नबुझेर गरिएको टिप्पणी भएको बताए । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चुनावका बेला कांग्रेसले उद्योग कलकारखाना बेच्यो, निजीकरण गर्यो भनेर लगाएको आरोप उनी प्रधानमन्त्री बनेपछि खण्डित भएको बताए ।
‘सार्वजनिक संस्थाहरुबारे हामी कहिलेकाही अलमलमा परेको पाउँछौं । कहिले बाँसबारी छाला जुत्ता कारखानाको बारेमा रुन्छौं । कहिले भृकुटी कागजका बारेमा रुन्छौं । अहिले पनि उद्योग बेचेर खायो भनिन्छ । तर आजसम्म उद्योग बेचेर खायो भनेर गाली गर्ने कुनै पनि व्यक्तिले प्रधानमन्त्री हुँदै गर्दा वा सरकार चलाउन पाउदै गर्दा फर्केर आएर चुरोट कारखाना खोलेको, जुत्ता कारखाना खोलेको, कागज कारखाना खोलेको कही पाउनुभएको छ ?’ थापाले प्रश्न गरे ।
उनले अघि थपे, ‘किनकि प्रधानमन्त्रीको कुर्सीमा बसेको के थाहा हुन्छ भने सरकारले जुत्ता कारखाना चलाउने होइन रहेछ, चुरोट कारखाना सरकारले चलाउने होइन रहेछ भन्ने त्यहाँ थाहा हुन्छ । १७ करोड पिअर जुत्ता नेपाल फुटवेयर इण्ट्रस्टीमा उत्पादन हुन्छ । उत्पादन क्षमता छ । यो बाँसबारी छाला जुत्ता कारखाना निजीकरण भएरै सञ्चालनमा आएको हो नि ।’
नेता थापाले विद्युत प्राधिकरणले आर्जन गरेको प्रतिष्ठा र ओज कायम राख्न र नाफामा लैजान आग्रह गरे । प्राधिकरणले बनाउनुपर्ने परियोजना अरुलाई दिएकोमा उनले आक्रोश पोखे । विद्युत अपत बढिरहेको भन्दै थापाले प्रसारण लाइन बनाउन सहायता आउँदा विदेशी सेना आउँछ भनेर हल्ला गरेर अवरोध गर्ने काम भएको बताए । विदेशी सहयोग नलिने भए स्वदेशी लगानीमै प्रसारण लाइन निर्माण गर्नुपर्ने उनको जोड छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend