चितवन । नयाँ नेतृत्वका लागि नेकपा एमालेले १०औँ महाधिवेशन चितवनमा गर्ने भएको छ । सर्वाेच्च अदालतले नेकपा विभाजन गरेर एमाले र माओवादी केन्द्र व्यूँताइदिएपछि दुई पार्टीका बीच दुश्मनी बढ्दो छ ।
आगामी १०–१२ मंसिरसम्म हुने महाधिवेशनको व्यवस्थापनको संयोजकमा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’लाई दिइएको छ । माओवादी केन्द्र छाडेर एमालेतर्फ लागेका बादल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैको गृहजिल्ला चितवन हो ।
आगामी चुनावमा प्रचण्डको विरुद्धमा उमेदवारी दिन सक्ने बादलले बताइसकेका छन् । प्रचण्डलाई धक्का दिनकै लागि एमालेले चितवनमा महाधिवेशन गर्न लागेका अनुमान गरिएको छ । एमालेले भने चितवन देशकै मध्यभागमा पर्ने भएकाले चितवनमा महाधिवेशन गर्न लागिएको बताएको छ ।
नेकपा एमाले चितवनले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरि १०औँ महाधिवेशनले मुख्यगरी दुईवटा सन्देश दिने बताएको छ । अनेक धक्का, विभाजन र विश्वासघातका बाबजुद एमाले नै देशको ठूलो पार्टी भएको सन्देश दिइने एमालेको स्थायी कमिटी सदस्य एवम् चितवन जिल्ला इन्चार्ज काशिनाथ अधिकारीले बताए ।
‘अनेक धक्का, विभाजन र विश्वासघातका बाबजुद एमाले नै ठूलो पार्टी हो । देशको नेतृत्व गर्ने एमालेले नै हो । महाधिवेशनबाट अझ सशक्त भएर अघि बढ्ने सन्देश दिने छौँ’, उनले भने ।
त्यसैगरी देशलाई समाजवादतर्फ लैजाने प्रष्ट दृष्टिकोण भएको पार्टी एमाले नै भएकाले जनताले ढुक्कसँग विश्वास गर्न सक्ने खालको पार्टीका रूपमा स्थापित गरिने उनले बताए ।
१०औँ महाधिवेशनको खुलासत्र र बन्द सत्र कहाँ गर्ने भन्नेमा एमालेले टुंगो भने लगाइसकेको छैन । एमालेको बिहीबार बसेको स्थायी कमिटीको बैठकले चितवनमा १०औँ महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिबेशनमा देशभरबाट करिब पाँच लाख नेता कार्यकर्ता सहभागी हुने नेकपा एमाले बाग्मती प्रदेशका अध्यक्ष आनन्द पोख्रेलले बताए ।
‘अबको एक हप्ताभित्र महाधिवेशनको खुला र बन्दसत्र कहाँ गर्ने भनेर भेन्यू निर्धारण गरि केन्द्रमा पठाउँछौँ । सम्भाव्य क्षेत्रको खोजी भइरहेको छ । सकभर भरतपुर क्षेत्रमै गर्ने योजनामा छौँ’, उनले भने, ‘महाधिवेशनमा पाँच लाख नेता कार्यकर्ता सहभागी हुने अनुमान छ । त्यसकारण नारायणी किनार हुनसक्छ वा अन्य कुनै ठाउँ त्यो हेर्ने छौँ ।’
उनका अनुसार एमालेमा नवीकरण गरेको सदस्यको संख्या सात लाख छ । आगामी चुनावमा पाँच गठबन्धनको प्रतिस्पर्धीका रूपमा एमाले रहने सन्देश पनि महाधिवेशनबाट दिइने उनले बताए ।
आगामी चुनावमा एमाले एक्लैले २०७४ सालमा वामगठबन्धनले पाएको मतभन्दा राम्रो मत ल्याएर देखाउने उनले दाबी गरे । एमालेले महाधिवेशनका लागि जनतासँग कुनै चन्दा असुल नगर्ने एमालेले बताएको छ । आफ्ना कार्यकर्ताहरूबाट संकलन भएको पैसाले नै महाधिवेशनको आयोजना गर्ने पोखरेलले पत्रकार सम्मेलनमा बताएका हुन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend