मकवानपुर । बागमती प्रदेशसभाको बैठक अहिले केहीबेरमा बस्ने तयारी भएको छ ।
सत्तारुढ एमालेले आजका लागि बोलाइएको बैठक सार्न सभामुखलाई आग्रह गरे पनि आजको बैठक सञ्चालन गरिने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
९ भदौमा मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि आह्वान गरिएको बैठकमा उनले विश्वासको मत लिने बताइएको छ । तर सत्तारुढ दल एमालेले बैठक रोक्न माग गर्दै आएकाले आज शाक्यले विश्वासको मत लिने सम्बन्धी प्रक्रिया अघि बढ्ला वा नबढ्ला भन्नेमा अन्योलता छ ।
२४ असोजमा आजका लागि बैठक आह्वान गरे पनि यो बीचमा सरकार जोगाउनका लागि शाक्यले आवश्यक समर्थन जुटाउन नसकेकाले एमालेले आजका लागि डाकिएको बैठक सार्न माग गरेको थियो । उसले आफ्नो पार्टीको वडा तथा पालिका अधिवेशन ६-९ असोजसम्म परेकाले समस्या हुने भन्दै आजका लागि बोलाइएको बैठक सारी आगामी ११ कात्तिकसम्म बोलाउन सभामुखलाई आग्रह गरेको थियो । एमालेले बैठक नै सार्न आग्रह गरे पनि सभामुखले बैठक सञ्चालन गर्ने अठोट लिएका छन् ।
प्रदेशका १३ जना सांसद माधवकुमार नेपाल नेतृत्वको एमाले विभाजन बनी बनेको एकीकृत समाजवादीमा लागेपछि मुख्यमन्त्री शाक्यलाई जम्मा ४३ जना सांसदकोमात्र समर्थन कायम रहेर अल्पमतमा छन् । उनी एमालेको एकल बहुमत सांसदको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन् ।
एमालेको आग्रह बमोजिम सभामुखले बैठक नसारे पनि आजको बैठकमा एमाले सांसद अनुपस्थित हुने र अर्को मितिमा हुने बैठकमा मात्रै उपस्थित हुने चेतावनी एमालेले दिएको छ । एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले आफूहरुको आग्रह विपरीत आह्वान गरिने आजको बैठकमा एमालेका सांसद उपस्थित हुन नसक्ने बताइसकेका छन् । आजको बैठक सुरु गरेर औपचारिक मन्तव्य तथा सांसदको धारणा राखेर सभामुखले एमालेको माग बमोजिम स्थगित गर्ने सम्भावना रहेको बुझिएको छ ।
बागमती प्रदेशमा सरकार परिवर्तनको चर्चा भइरहेका बेला यहीँ सरकारलाई निरन्तरता दिनका लागि सत्तारुढ एमालेले अहिले अनेक उपाय खोजी रहेको विपक्षी गठबन्धनको आरोप छ । प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीको गठबन्धन सरकार बनाउनका लागि बहुमत पनि पुग्छ । विभाजनअघि स्पष्ट बहुमत रहेको एमालेको ५६ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएकी शाक्यलाई अहिले आफ्नै पार्टीको जम्मा ४३ सांसदको समर्थन रहेको छ ।
सरकार बनाउनका लागि १०९ जना सांसदको बहुमत संख्या आवश्यक पर्दछ । गठबन्धनमा रहेका माओवादी केन्द्रसँग २३, कांग्रेससँग २२, एकीकृत समाजवादीसँग १३ जना सांसद गरी ५८ जना बहुमत सांसद रहेका छन् । प्रदेशसभामा विवेकशील साझाका २, नेमकिपाका २, राप्रपाका २ र जसपाका १ जना सांसद रहेका छन् ।
नयाँ सरकारको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले दाबी गरिरहेका छन् । केन्द्रीय गठबन्धनको सहमतिका आधारमा बागमती प्रदेशमा सरकारको नेतृत्व नेकपा एसले पाउने बताइएको छ । यस्तै, कांग्रेसका इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको नेतृत्वको कुरा केन्द्रमा लिखित रुपमा सहमति भई नसकेकाले आफूहरुको दाबी रहेको बताएका छन् । बानियाँको दाबीलाई गठबन्धनका नेताहले भने अनावश्यक बार्गेनिङ भनी टिप्पणी गरेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend