काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा र स्पष्ट गन्तव्य बोकेकाले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् ।
सो पार्टीको बागमती प्रदेश आयोजक कमिटीको प्रथम बैठकमा आज निवर्तमानप्रधानमन्त्री ओलीले अन्य दल र अहिलेको सत्ता गठबन्धनसँग आफूले गठजोड र सत्ता स्वार्थ मात्रै देखिएकाले ती दललाई जनताले जनादेश नदिने जिकिर गरे ।
अध्यक्ष ओलीले पार्टीले तोकिएको मिति आगामी मङ्सिर १०, ११ र १२ मा १०औँ राष्ट्रिय महाधिवेशन आयोजना गर्ने र त्यसअघि स्थानीय तहका अधिवेशन सम्पन्न हुने जानकारी दिए ।
“देशव्यापी जनाधारको शक्ति हामीसँग छ । पार्टीबाट चोइटिएर कम्युनिष्ट आन्दोलनलाई ध्वस्त बनाउँछु भन्नेहरूको सपनालाई जनताले स्वीकृत गर्ने छैनन् । हाम्रा बारेमा कुनै भ्रम छरिएको छ भने त्यसलाई सम्बन्धित नेता–कार्यकर्ताले जनतासमक्ष पुगेर चिर्नुपर्छ । हामी च्याँखे दाउ थापेर होइन, जनादेश लिएर समृद्धिको यात्रा पूरा गर्ने जिम्मेवारीमा पुनः आउनेछौँ,” उनले भने ।
उनले आफ्नो नेतृत्वको सरकारले गरेका राम्रा कामको प्रचार गर्न पनि निर्देशन दिए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend