Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधिसभाको अवरोध कात्तिक ११ गते अगावै खुलाउने सभामुख सापकोटाकाे दाबी


    बुधबार, कार्तिक ३ २०७८
    610
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा भएको अवरोध हटाउन औपचारिक र अनौपचारिकरूपमा पहल भइरहेको बताएका छन् ।

    सिन्धुपाल्चोकको कुभिण्डेमा दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडको २९औँ साधारणसभाको उद्घाटनका अवसरमा सभामुख सापकोटाले यही कात्तिक ११ गते बस्ने प्रतिनिधिसभाको बैठकअगावै संसद् सञ्चालन गर्न आवश्यक छलफलका लागि पुनः बैठकको आयोजना गरिने बताए ।

    प्रतिनिधिसभालाई प्रभावकारी, गतिशील र जनमुखी बनाउने एकमात्र लक्ष्य रहेको उल्लेख गर्दै सभामुख सापकोटाले आफू त्यसैमा केन्द्रित भएर काम गर्ने दृढता व्यक्त गरे ।

    मौसममा आएको परिवर्तनले अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिराले ठूलो धनजनको क्षति पुगेकामा दुःख व्यक्त गर्दै सभामुख सापकोटाले मुखमै आएको धानबाली नोक्सान भएकामा पीडित परिवारलाई राहत उपलब्ध गराउन गम्भीरतापूर्वक लाग्नुपर्नेमा समेत जोड दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार