पोखरा । एमाले कास्कीले दसैँ तिहारलगायत सबै चाडवाडलाई लक्षित गरी बुधबार चियापान कार्यक्रम आयोजना गर्यो । एमाले महासचिव ईश्वर पोखरेल, पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्वगृहमन्त्री खगराज अधिकारीलगायत कार्यक्रमको वक्ता थिए ।
एमालेले चियापानमा जिल्लास्थित सबै सक्रिय राजनीतिक पार्टीलाई आमन्त्रण गरेकाे थियो । समाराेहमा सबै राजनीतिक पार्टीलाई आसन ग्रहण गराइयो । सरकारका उपसचिवसमेतको आसन ग्रहण थियो । तर एमालेले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई बहिष्कार गर्यो । नेकपा एसको नामसमेत लिएन ।
सुरुदेखि नै वर्गशत्रुका रूपमा समाजवादी पार्टीलाई लिइएको छ । त्यतिमात्रै होइन, कार्यक्रमका वक्ताहरूले नेकपा (एस) को खोइरो खने । एमाले महासचिव पोखरेलले कम्युनिष्ट पार्टी फुटाएर विरोधी पार्टीलाई सत्ता सुम्पिने माधव समूहको गठबन्धन चकनाचुर हुने दाबी गरे । ‘एमालेविरुद्ध जुन गठबन्धन बनेको छ, यो गठबन्धन धेरै दिन टिक्नेवाला छैन । यो चकनाचुर हुनेवाला छ । यो गठबन्धन मुलुकको विकास र समृद्धि रोक्नका लागि हो । मुलुकको राजनीतिक स्थायित्व धराशायी बनाउन हो,’ उनले थपे, ‘यो अराजकतालाई बढावा दिनका लागि हो । सामाजिक सद्भावलाई खलवल्याउने र विदेशीको इसारामा घुँडा टेक्ने गठबन्धन हो । एमाले यसको विरुद्ध लाग्छ ।’
एमाले सचिव पृथ्वीसुब्बा गुरुङले एकीकृत समाजवादीले कम्युनिष्टको आदर्शविपरीत काम गरेको आरोप लगाए । ‘अहिले एमाले विभाजित गरेर कम्युनिष्ट भन्ने शक्तिहरूले दलाल नोकरशाही पुँजीपतिहरूको संरक्षण गरिरहेका छन् । विदेशीको इसारामा नाच्ने पार्टीको नेतृत्वमा सरकार बनाएका छन्,’ उनले भने, ‘यो सरकार दलाल नोकरशाही पुँजीवादीहरूको हो । यसविरुद्ध एमाले लाग्नुपर्ने छ ।’ उनले माओवादी र एकीकृत समाजवादी कुनै पनि हालतमा कम्युनिष्ट हुन नसक्ने बताए ।
पूर्वगृहमन्त्री अधिकारीले एमालेको विभाजन सेटिङबाट गरिएको भन्दै त्यो नस्वीकार्ने बताए । ‘कृत्रिम विभाजन कहिलै स्वीकार्य छैन । सेटिङबाट गरेको विभाजन हामीलाई स्वीकार्य छैन । हामी भुइँबाटै देखाउन चाहन्छौं, ६ गते वडा अधिवेशन र ९ गतेको पालिका अधिवेशनबाट अझ बढी मजबुत बनाएर लाग्छौं,’ उनले भने, ‘यो देशमा नेकपा एमाले जिउँदै छ । हराभराका साथ अगाडि बढ्छ । सम्पूर्ण गलत चिन्तन, शैली प्रवृत्तिलाई चुनौतीका साथ सामना गर्दै संघीयतालाई दृढतापूर्वक अगाडि बढाउँछ ।’
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend