Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आफूहरुले चाहे एक हप्तामा सरकार ढाल्न सक्ने अध्यक्ष ओलीकाे दावी


    बुधबार, कार्तिक ३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने दावी गरेका छन् ।

    बुधबार एमाले वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले एक हप्ताभित्र सरकार ढाल्ने दावी गरेका हुन् ।

    ‘अहिलेकै जस्तो गर्ने हो भने हामी सात दिनभित्र सरकार ढाल्न सक्छौं’ उनले भने । तर एमालेले प्राप्तीलाई नभई विजयलाई पहिलो मान्ने ओलीको भनाइ छ ।

    यस्तै ओलीले सत्तारुढ गठबन्धनकाे एकमात्रै ध्यान चुनावसम्म साँठगाँठ गर्ने रहेको टिप्पणी गर्दै यसले कार्यकर्ता अलमलमा परेको बताएका छन् । 

    ‘सरकारको ग्रास घटेको छ,’ ओलीले भने, ‘चुनावसम्म साँठगाँठ जोगाउनमात्रै ध्यान छ । अरुको त कुरै छोडौं कांग्रेसका पुरानाहरू पनि पुर्पुरामा हात राखेर बसेका छन् । रुखमा भोट हाल्ने कि पेन्सिलमा हाल्ने कि हँसिया हतौडामा भनेर।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार