Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधिसभा बैठक अब ११ कात्तिकमा बस्ने


    मंगलबार, कार्तिक २ २०७८
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको बैठक दुई दिनपछि सरेको छ । यसअघि ९ कात्तिकमा बोलाइएको बैठक विशेष कारणवश ११ कात्तिक दिउँसो २ बजे बोलाइएको संसद् सचिवालयले जनाएको छ । 

    संघीय संसद्का महासचिव डा.भरतराज गौतमले मंगलबार विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाको बैठक ११ कात्तिकमा बस्ने जानकारी दिएका हुन् ।

    ‘२०७८ कात्तिक ९ गते मंगलबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश सो दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखज्यूले २०७८ कात्तिक ११ गते बिहीबार दिनको २ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार