Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्री झाँक्री भन्छिन्: ओलीका रैती बन्न नसक्नेहरू समाजवादी भए


    सोमबार, कार्तिक १ २०७८
    2.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गुल्मी । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमाले पार्टीभित्र रैती र चाकर बन्न नसक्ने व्यक्तिहरूले स्वतन्त्रताका लागि नेकपा (एकीकृत समाजवादी) पार्टी जन्माएको बताएकी छन् ।

    उनले केपी ओलीले पार्टीमा जीवन समर्पण गरेकाहरूलाई आफ्नै चाकर र रैतीको व्यवहार देखाउने र आफ्नो भक्तिगान गर्नेहरूलाई अवसर र जिम्मेवारी दिएका कारण नयाँ पार्टीको आवश्यकता परेको बताइन् । जहिले पनि पार्टी सिद्धान्त र पद्धतिको कुरा गरिरहेकाले आफूहरूलाई केपी ओलीले दुश्मन ठानेको उनको भनाइ थियो ।

    नेकपा (एकीकृत समाजवादी) पार्टीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै नेतृत्व र अवसरका लागि आफ्नो पार्टीमा व्यक्ति पूजा र झोला बोक्नु नपर्ने झाँक्रीले दाबी गरिन् । उनले अझै पनि केपी ओलीबाट पेलिएका केही नेताहरूले बनिबनाउ घरको नाममा ओली पार्टीको दासत्व स्वीकार गर्न खोजे पनि केही फरक नपर्ने पनि बताइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार