Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ६,७४३ वडामा एकैदिन अधिवेशन गर्दै एमाले, यस्ताे बन्ने भयाे वडा र पालिका कमिटी


    सोमबार, कार्तिक १ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यही कात्तिक ६ गते देशभर एकै दिन वडा अधिवेशन गर्ने भएको छ । 

    एकैपटक ६,७४५ वडामा हुने वडा अधिवेशनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने तयारी गरेका छन् ।

    वडा अधिवेशनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, दुई उपसचिव र वडा  सदस्यहरु चयन हुनेछन् । त्यस्तै कात्तिक ९ गते पालिका अधिवेशन हुने केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए । उनका अनुसार ७५३ वटै स्थानीय तहमा ९ गते नै पालिका अधिवेशन हुनेछ । एमालेको १० औं राष्ट्रिय महाधिवेशन मंसिरमा हुँदैछ ।

    कात्तिक ६ गते एकैपल्ट हुन लागेका वडा कमिटी अधिवेशन र कात्तिक ९ गते निर्धारित स्थानीय तहका अधिवेशनबाट निर्वाचित हुने एमालेका पदाधिकारी र सदस्यको अधिकतम संख्या टुंगो लागेको छ ।

    त्यस्तै गाउँपालिका र नगरपालिकाका वडा कमिटीको अधिकतम आकार ३१ सदस्यीय हुनेछन भने उपमहानगरपालिकाका वडाहरुमा ४१ र महानगरपालिकाका वडा कमिटीमा ५१ सदस्यीय कमिटी चयन हुनेछन् ।

    त्यस्तै कात्तिक ९ गते हुने गाउँपालिका र नगरपालिका अधिवेशनबाट ५ जना पदाधिकारीसहित ७५ सदस्यीय कमिटी निर्वाचित हुनेछन् । उपमहानगरपालिका कमिटी ८५ सदस्यीय र महानगरपालिका कमिटी १०१ सदस्यीय हुने थापाले जानकारी दिए । वडा कमिटी अधिवेशनहरुको निर्वाचन विधि लगायतका अन्य विषयमा तत्कालै सर्कुलर पठाइने केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार