Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी केन्द्रको स्थायी समिती बैठक जारी, सत्ता गठबन्धनलाई आगामी चुनावसम्मै लैजाने


    सोमबार, कार्तिक १ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार विहान ८ बजेबाट सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिती बैठक अहिले बसिरहेको छ । 

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ का अनुसार बैठकमा पार्टीको सांगठनिक विषयमा छलफल भइरहेको छ । 

    पार्टीको राष्ट्रिय सम्मेलनअघि गर्नुपर्ने तल्ला तहका सम्मेलनहरुको कार्यतालिका तय गर्न बैठक बोलाइएको हो ।

    माओवादी केन्द्रले कार्तिक १३ गते वडा र मङ्सिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने तयारी गरेको छ । यस्तै माओवादी केन्द्रले पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने भएको छ । 

    सरकारको समिक्षा गर्ने र अहिलेको सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्मै लैजानुपर्ने पक्षमा अध्यक्ष प्रचण्डले प्रस्ताव राखेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार