Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्ड र माधव मिलेर जनतालाई धोका दिएको प्रभु साहको आरोप


    शनिबार, असोज ३० २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रौतहट । नेकपा एमालेका नेता  प्रभु साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई धोका दिएको आरोप लगाएका छन्। 

    गृहजिल्ला रौतहटमा बडादसैँ, दिपावली तथा छठपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता साहले प्रचण्डले जनतालाई धोका दिएको तर जनतालाई धोका दिने सँधै बेघर हुने बताए। 

    यस्तै, पूर्वमाओवादीका नेता समेत रहेका नेता साहले प्रचण्डले माओवादीको सिद्धान्त छोडेर प्रतिक्रियावादीको पछिपछि लागेको आरोप लगाए ।  माओवादी र कम्युनिस्टको नाउँमा भोट लिएर शेरबहादुर देउवाको पछि लागेका प्रचण्ड र माधव नेपाल कुनै पनि हालतमा कम्युनिस्ट हुनै नसक्ने उनको दाबी छ। 

    कार्यक्रममा सांसद कुन्दन कुश्वाहा, मौलापुर नगर प्रमुख रीना साह, उपप्रमुख गौरी शंकर जयसवाल, कटहरिया नगर प्रमुख सियाराम कुश्वाहा, नेताहरू त्रिभुवन साह, मनोज यादव जयप्रकाश कौशल, ठागा दास लगायतले धारणा राखेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार