Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सांसद सुनुवारले दिए कैदीबन्दीलाई खसी उपहार


    मंगलबार, असोज २६ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ओखलढुंगा। ओखलढुंगाबाट निर्वाचित संघीय सांसद यज्ञराज सुनुवारले कारागारका कैदीबन्दीलाई खसी उपहार दिएका छन् । सांसद सुनुवारले जिल्ला कारागारका कैद भुक्तान तथा पुर्पक्षमा रहेका कैदीबन्दीलाई जिल्लाका सुरक्षा अधिकारीकाे उपस्थितमा खसी उपहार दिएका हुन् । 

    उनले विजया दशमीकाे उपलक्ष्यमा कारागारमा रहेका व्यक्तिहरुलाई शुभकामना आदानप्रदान गर्दै खसी उपहार दिए । सांसद  निर्वाचित भएदेखि २०७० सालबाट उनले निरन्तर खसी दिँदै आएका छन् । विभिन्न अभियाेगमा कारागारमा रहेका व्यक्तिहरु आफन्तबाट टाढा रहने र चाडबाड खल्लाे हुने हुँदा जिल्लाका प्रमुख व्यक्तित्वले शुभकामना दिएर खसी दिइएकाे सांसद सुनुवारले बताए । 

    उनले कारागार सुधार गृह पनि भएकाले विभिन्न अभियाेगमा जेलमा रहेका व्यक्तिहरुलाई आचरण सुधार गरेर सामाजिक जीवनमा फर्किन प्रेरणा मिलाेस् भनेर आफूले वर्षेनि खसी उपहार दिएर शुभकामना आदान प्रदान गर्ने गरेको उल्लेख गरे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार