पोखरा। गण्डकी प्रदेशका बिनाविभागीय मन्त्री डोबाटे विश्वकर्माले मन्त्रीको शपथ लिएका छन् । सोमबार साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले चौतर्फी विरोध भएपछि डोबाटेलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
८ साउनमा नै उनी मन्त्री बन्ने लगभग पक्का थियो तर अन्तिम समयमा उनको नाम काटियो । मन्त्रीमा नियुक्त भएपछि उनले संविधानअनुसार पाएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाए ।
मन्त्री नियुक्तिमा सल्लाह नगरेको भन्दै गठबन्धनका नेताहरू भने असन्तुष्ट बनेका छन् । ‘मिचेर गएको महसुस भयो । यसरी नै जाने हो भने गठबन्धन के हुन्छ, के हुन्छ’, माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले भने, ‘हामी मुख्य दल, हामीलाई नै थाहा छैन । अरूलाई झन् के थाहा भयो होला र ?’
उनले मन्त्री बन्ने होहल्ला सुनेपछि मुख्यमन्त्रीलाई अहिले शपथ नगराउन आग्रह गरे पनि नमानेको गुनासो गरे । ‘माथिकै सहमतिमा गरेको भन्नुहुन्छ । माथि सल्लाह भएको भए हामीलाई खबर आउनुपर्ने हो’, उनले थपे, ‘अब कसरी जाने भन्ने छलफल गरौँला । यसमा हाम्रो असहमति छ ।’
माओवादीलगायत सत्ता गठबन्धन र विपक्षी सांसदहरू समेत शपथ ग्रहण कार्यक्रममा सहभागी थिएनन् । अर्को सत्ता साझेदार दल जनता समाजवादीका नेता तथा ऊर्जामन्त्री हरिशरण आचार्यले बाटो बिराएको भन्दै त्यसो नगर्न सरकारलाई चेतावनी दिएका छन् ।
‘कांग्रेसले एकपछि अर्को सहमति तोड्दै बेइमान बन्दै गएको छ । स्वेच्छाचारी बन्दै गएको छ’, उनले भने, ‘हामीसँग गरेको सहमति तोडेर अन्यत्रैबाट मन्त्री नियुक्त गर्नु गलत हो । बाटो बिराउँदा राम्रो परिणाम निस्किँदैन ।’
यस प्रदेशमा अब कांग्रेसका छ, माओवादी केन्द्रका चार, जसपाका एक र अर्का एक जना स्वतन्त्र सांसद मन्त्री बनेका छन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend