इनरुवा । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको सुनसरी जिल्ला कमिटी गठन भएको छ । सोमबार इनरुवामा आयोजित जिल्ला कमिटी घोषणासभा कार्यक्रममा गोविन्द निरौलाको अध्यक्षतामा १ सय ७५ सदस्य कमिटी गठन गरिएको हो ।
नवगठित कमिटीको अध्यक्ष गोविन्द निरौला, उपाध्यक्षमा सिताराम पराजुली, रामचन्द्र मटियैत, सचिव बसन्त सुवेदी, उपसचिव राजेश भण्डारी रहेका छन। नेकपा एसका केन्द्रिय सदस्य केशव तिम्सीनाले सुनसरी जिल्लाका दुई उपमहानगरपालिका, चार नगरपालिका र छ गाउपालिकाबाट प्रतिनिधित्व रहने गरि कुल १ सय ७५ सदस्य कमिटीमा ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चीत गरिएको बताए । केन्द्रिय सदस्य तिम्सीनाले विगतमा नेकपा एमाले रहदा नेतृत्वलाई देवत्करण गरि आफ्ना आसेपासेलाई मात्र जिम्मेवारी दिने प्रवृतिको अन्त्य गर्दै विद्रोह गरि नेकपा एसमा आवद्ध भएका नेता कार्यकर्ताहरुलाई जिल्ला कमिटीमा समावेशी समानुपातीक सहभागीता सुनिश्चीत गरिएको बताए ।
कार्यक्रममा नेकपा एसका उपाध्यक्ष तथा प्रदेश एक इन्चार्ज धनेन्द्र बस्नेत, उपाध्यक्ष जयन्ती राई, पोलिटव्युरो सदस्य महफुज आलम अन्सारी, केन्द्रिय सदस्य केशव विष्ट, समाजवादी प्रेस संगठनका संस्थापक नेता विश्वमणी सुवेदी, समाजवादी प्रेस संगठनका राजकुमार कार्की, केन्द्रिय सदस्य आन्नद श्रेष्ठ, शशी कोइराला, पिवी दियाली, नेपाल पत्रकार महासंधका सुनसरी सहसचिव भोला श्रेष्ठ, नेकपा एसका प्रदेश सदस्यहरु लक्ष्मण चौधरी, दुर्गा कन्दङवा, दुर्गा बुढाथोकी, ब्रह्मदेव यादव, कुशेश्वर खेरवारलगायतको सहभागीता रहेको थियो ।
नेकपा एसको भेलामा अधिकाशं एमालेमा रहेर स्थानिय निकायमा निर्वाचित भएका पुर्व गाविस अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षहरु, प्रदेश, जिल्ला, गाउनगरका पदाधिकारी तथा सदस्य नेता तथा कार्यकर्ताको उल्लेखनिय सहभागीता रहेको थियो । कार्यक्रममा प्रेस सेन्टरका मुस्ताक आलमले सो संगठन परित्याग गरि समाजवादी प्रेस संगठनमा प्रवेश गरेका छन ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend