दार्चुला । भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा नेपालको राष्ट्रिय जनगणना २०७८ अन्तर्गत गणना हुने वा नहुने चर्चा र चासोको विषय बनेको छ । हाल नेपाल सरकारले उक्त क्षेत्र नयाँ नक्सामा समेटेकाले नेपालको भूगोलमा बसोबास गर्ने नागरिकहरूको जनगणना गरिनुपर्ने विभिन्न निकायले सरकारसँग माग गरिरहेका छन् ।
राष्ट्रिय जनगणनाका लागि दार्चुला जिल्लामा घरपरिवारको लागत संकलन गरिएको छ । तर, कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका ती गाउँहरूको लगत संकलन गर्न नसकिएको जिल्ला जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले जानकारी दिए ।
भारतको अतिक्रमणका परेका गाउँहरूमा यथास्थितिमा सुपरिवेक्षक वा गणक गएर गणना गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ । सर्वाधिक चासो र चर्चामा रहेको उक्त क्षेत्रमा कति घरपरिवार र जनसंख्या छ भन्ने विषयमा सन् २०११ मागरिएको भारतीय जनगणनको रिर्पाेटको आधारमा उक्त क्षेत्रको जनसंख्यालगायतका विषयमा खोजेका छौ ।
भारतको राष्ट्रिय जनगणना सन् २०११ मा भएको थियो । सन् २०२१ मा फेरि अर्को जनगणनाको तयारी छ । नौ वर्षअघिको जनगणनाअनुसार अतिक्रमित क्षेत्रमा पर्ने कुटी गाउँमा एक सय १५ घरधुरी छन् भने जनसंख्या ३ सय ६३ छ । जसमध्ये पुरुष एक सय ९८ र महिला एक सय ६५ छन् ।
६ वर्षमुनिका बालबालिका २७, दलित ३१ र जनजाति (सौका समुदायका) दुई सय ९१ जना छन् । एक सय १५ घरधुरी रहेको कुटी गाउँको साक्षरता दर ८७ प्रतिशत रहेको पिथौरागढ जिल्ला प्रशासनकार्यालयले प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ ।
नाभीग्राम पञ्चायतअन्तर्गत महाकालीपूर्वको नाभीगाउँमा ३२ घरधुरी छन् । नाभीगाउँको जनसंख्या ७८ छ । सबैजना सौका समुदायका छन् । ४५ पुरुष र ३३ महिलातथा ६ वर्षमुनिका दुई बालबालिका छन् । साक्षरता प्रतिशत ८५ रहेको छ ।
गुञ्जीग्राम पञ्चायतमा पर्ने गुञ्जीगाउँमा एक सय ९४ घरधुरी छन् । दुई सय २९ पुरुष र एक सय ६ महिला गरी तीन सय ३५ जनसंख्या छ । ६ वर्षमुनिका १९ बालबालिका र दलित समुदायका ११ नागरिक गुञ्जीमा बसोवास गर्दछन् । ८७ प्रतिशत साक्षरता छ ।
अतिक्रमित नेपाली भूमिका तीनवटै गाउँको जनसंख्या सात सय ७६ छ भने घरधुरी संख्या तीन सय ४१ छ । जनसंख्यामध्ये महिला तीन सय चार र पुरुष चार सय ७२ छन् । तीनवटै गाउँमा सौका समुदायको जनसंख्यामात्रै पाँच सय ६३ रहेको भारतको सरकारको अभिलेख छ ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा सबैले चिन्ने नाम हुन् । तर, यीगाउँका नाम नभएर पहाडी श्रृङखलाका नाम हुन् । यस क्षेत्रमा पर्ने तीनगाउँहरू कुटी, नाभी र गुञ्जी हुन् ।
भारतको सैनिक नियन्त्रणमा रहेको उक्त क्षेत्रमा भारतीय नागरिकले समेत प्रशासनको लिखित अनुमति लिएर मात्रै प्रवेश पाउँछन् । यसकारण कुनै पनि नेपालीले त्यसक्षेत्रमा भ्रमण गर्ने र वस्तुस्थितिबारे जानकारी राख्ने विषय असम्भवप्रायः छ ।
नयाँ नक्सा जारी हुनुभन्दा पहिले त्यस क्षेत्रका सुरक्षाकर्मीको कामदारका रूपमा नेपालीहरू जाने गरेको भए पनि हाल नेपालीहरूको प्रवेशमा पूर्ण निषेध गरिएको छ । लिम्पियाधुरादेखि बगेर आउने महाकालीनदीको पूर्वीक्षेत्रमा पर्ने कुटी, नाभी र गुञ्जीगाउँका वासिन्दासँग अहिले भारतीय नागरिकता छ । बिरादत्त भट्ट
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend