काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता र शक्तिको लोभमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई यो हालतमा पुर्याएको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस भरतपुर नगरसमितिले सोमाबार आयोजना गरेको विजया दशमी तथा तिहारको शुभकामना आदानप्रदान गर्ने कार्यक्रममा बोल्दै पौडेलले पार्टी सभापति देउवाले सत्ता, शक्ति र पदको लोभमा अरु केहि नदेखेको बताए ।
‘सत्ता र पदभन्दा अरु केही पनि नदेख्ने । जे मन लाग्यो त्यही गरेर आज पार्टीलाई यो हालतमा पुर्याइएको छ’, उनले भने । प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले आफ्नै निर्णय पटकपटक फिर्ता लिएर तमासा देखाएको पौडेलले बताए ।
‘निर्णय गरेर फिर्ता लिने कुन तमासा हो ? कांग्रेसको इज्जत कहाँ पुगेको छ ? प्रतिष्ठा कहाँ पुगेको छ ? कांग्रेसको इज्जत र प्रतिष्ठामा खेलवाड गर्न के सभापतिलाई अधिकार छ ?’, उनले प्रश्न गरे । देउवाले केपी ओलीकै शैलीमा पार्टी फुटाउने अध्यादेश फिर्ता लिएको र प्रधानन्यायाधीसको कोटामा नियुक्त मन्त्रीको नियुक्ति फिर्ता लिएको उनले बताए ।
आज निर्णय गरेर भोलि फिर्ता गर्नुपर्ने कांग्रेस आफुले नचाहेको उनले बताए । कांग्रेसले आफ्ना कार्यकर्तालाई हँसिय हथौडा र सूर्यमा भोट हाल भनेर भन्न नपरोस् भन्ने आफुले चाहेको उनको भनाइ थियो । ‘सबै कांग्रेस कार्यकर्ताले रुख चिह्नमा भोट हाल्न पाउन । त्यो कांग्रेस हामीलाई चाहिएको हो’, उनले भने ।
‘अहिले तपाईंहरूले भन्नुभयो, कहिले सूर्यमा भोट हाल्नुपर्ने । कहिले हँसिया हथौडामा भोट हाल्नुपर्ने । कहिले हलोमा भोट हाल्नुपर्ने । यो बिडम्बना कहाँबाट सुरु भयो ? साथीहरुलाई भन्न चाहान्छु, १३औँ महाधिबेशनको गल्तिबाट आज यो अवस्थामा गुज्रिएको हो कि होइन ?’, उनले पुनः प्रश्न गरे ।
आगामी १४औँ महाधिबेशनमा कार्यकर्ताले नेताहरुको उचित मूल्यांकन गर्नुपर्ने बताए । वर्तमान नेतृत्वले कांग्रेसलाई विचलित गर्ने र कार्यकर्तालाई गैरकांग्रेसी चरित्रतर्फ धकेल्ने प्रयास गरेको बताउँदै उनले देशमा अझै पनि लोकतन्त्रको सुनिश्चितता नभएको बताए ।
‘अझै पनि लोकतन्त्रको सुनिश्चितता भएको छैन । १५ वर्षअघि राष्ट्रपतिमा नथन्किने भनेर गरेको निर्णय अहिले आएर सहि सावित भएको छ । अझै लडाइँ लड्न जरुरी छ’, उनले भने । सही नेतृत्व छान्नका लागि कार्यकर्तासामु परीक्षाको घडी आइपुगेको उनले बताए ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend