बुटवल। लुम्बिनीमा नयाँ सरकार बनेको दुई महिना पुग्नै लाग्दा सरकारले आइतबार पूर्णता पाएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रीमण्डल विस्तार गरी १७ सदस्यीय बनाएका छन्, जसमा मुख्यमन्त्रीसहित १३ मन्त्री र चार राज्यमन्त्री छन् ।
नवनियुक्त मन्त्रीहरूलाई आइतबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराएका छन् भने राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री कुलप्रसाद केसीले शपथ गराएका छन् ।
आइतबार कांग्रेसबाट तीन मन्त्री र दुई राज्यमन्त्री, माओवादी केन्द्रबाट दुई मन्त्री र दुई राज्यमन्त्री तथा एकीकृत समाजवादीबाट एक जना मन्त्री थपिएका छन् । यसअघि प्रदेश सरकार सात सदस्यीय रहेको थियो ।
यी हुन् थपिएका मन्त्रीहरू
आइतबार थपिएका मन्त्रीहरूमा कांग्रेसबाट पाल्पाका वीरबहादुर राना ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, बाँकेका सुरेन्द्रबहादुर हमाल वन, वातावरण तथा भूसंरक्षणमन्त्री र रूपन्देहीका वसिउद्दिन खाँ शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री छन् ।
त्यस्तै, राज्यमन्त्रीमा कांग्रेसबाट दाङका अर्जुनकुमार श्रेष्ठ र कपिलवस्तुकी रीना नेपाल विक रहेका छन् । श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री र रीना पर्यटन, ग्रामीण तथा शहरी विकास राज्यमन्त्री हुन् ।
माओवादीबाट बर्दियाका तिलकराम शर्मा आन्तरिक मामिला तथा संचार, दाङका इन्द्रजीत थारू स्वस्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री रहेका छन् भने दाङकी विमला कुमारी खत्री स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री र कपिलवस्तुकी सुष्मा यादव कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री हुन् । एकीकृत समाजवादीबाट पाल्पाकी रमा घर्ती कानुन, महिला, बाालबालिका तथा जेष्ठ नागरिकमन्त्री भइन् ।
लुम्बिनीमा गत २८ साउनमा नयाँ सरकार बनेको हो । न्युज कारखाना
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend