Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गजेन्द्र हमाल भन्छन्: व्यवस्थाका लागि लडेको व्यक्ति हुं, मेराे संघर्षको अवमूल्यन हुँदा पदमा बसिरहन उचित लागेन


    आइतबार, असोज २४ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाै. । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत गरेका छन् ।

    आइतबार बिहान बालुवाटार पुगेर हमालले देउवालाई राजीनामापत्र बुझाएका थिए । हमालले राजीनामा दिएसँगै देउवाले राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयका सदस्य प्रकाश देउवाले बताए ।

    मन्त्रिपरिषद्‌मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’ मा हमाललाई मन्त्री बनाइएको भन्दै चौतर्फी विरोध भएपछि उनले राजीनामा दिएका हुन् ।

    हमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको राजीनामा पत्रमा कानुनविद्हरुले नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार संप्रेसित गरेको र यस्ता समाचारले आफ्नो वर्षौंसम्मको संघर्षको अवमूल्यन भएको भन्दै दुखेसाे पाेखेका छन् ।

    ‘हाल विभिन्न संचारमाध्यमहरुले संप्रेसित समाचार तथा कानुनविद्हरुले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार संप्रेसित गरेको र यस्ता समाचारले आफ्नो वर्षौंसम्म लोकतन्त्र, विधिको शासन तथा राज्यका निकायहरूबीच शक्ति पृथकीकरणको सिद्धान्तको लागि लडेको लडाइको समेत अवमूल्यन भएको बोध भएको छ’, उनले राजीनामा पत्रमा लेखेका छन्, ‘तर पनि मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकैबीच मन्त्रीपदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजीनामा दिएको छु ।’ 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार