Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • संघीय सरकारबाट दाइले राजीनामा दिंदैगर्दा भाइ प्रदेशको वनमन्त्री बन्दै


    आइतबार, असोज २४ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । संघीय सरकारका उद्योगमन्त्री गजेन्द्र हमालले मन्त्री पदबाट राजीनामा दिने तयारी गरिरहँदा उनका भाइ सुरेन्द्र हमाल भने लुम्बिनी प्रदेशको वनमन्त्रीमा नियुक्त हुन लागेका छन् ।

    ‘आइतबार दिउँसो २ बजे मन्त्रीमा सपथ हुने कार्यक्रम छ,’ सुरेन्द्र हमालले भने । सुरेन्द्र कांग्रेसको तर्फबाट बाँके २ ‘ख’ बाट निर्वाचित सांसद हुन् ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटामा मन्त्री बनेको भन्दै चर्को आलोचना खेपिरहेका उद्योगमन्त्री गजेन्द्र हमालले आफू विवादमा नफस्ने भन्दै राजीनामा दिने दिने बताएका छन् ।

    ‘मैले आफ्नो स्वविवेक प्रयोग गरें, धेरै सोचें, किन विवादमा परुँ म । किन राजीनामा दिने भनेर नेताहरुले पनि भनेका छन् तर आज राजीनामा दिन्छु,’ उनले भने । देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार