Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उद्योगमन्त्री हमालले बुझाए राजीनामा पत्र


    आइतबार, असोज २४ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् । केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले राजीनामा पत्र बुझाएका हुन् । 

    प्रधानमन्त्रीको सचिवालयका अनुसार हमालले राजीनामा पत्र दिएर फर्किएका छन् । मन्त्रिपरिषद्‌मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’ मा हमाललाई मन्त्री बनाइएको भन्दै चौतर्फी विरोध भएपछि उनले राजीनामा दिएका छन् ।

    २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा घोषणा गर्नुलाई अर्थपूर्ण मानिएको छ । प्रधानमन्त्री देउवाले झण्डै तीन महिना लगाएर मन्त्रिपरिषदलाई पूर्णता दिदा हमालले महत्वपूर्ण मन्त्रालयको जम्मेवारी पाएका थिए । उनी देउवा सरकारमा राजीनामा घोषणा गर्ने पहिलो मन्त्री भएका छन् ।

    प्रधानन्यायाधीश राणाले बिचौलिया दीपक तिमल्सिनालाई मन्त्री बनाउने हल्ला चलाएर जेठान हमाललाई बनाएका थिए । उनले आफ्नो कोटामा मन्त्री बनाएको बिषयमा मिडियाबाजी भएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष डा. बाबुराम भट्टराईबिरुद्ध ललिता निवासको जग्गाको मुद्दामा निसुको मिति तय गरेका थिए ।

    यसअघि पटक पटक सारिएको उक्त मुद्दा उनले पछिल्लो सुनुवाइमा निसुमा राखेर तर्साएपछि हमाललाई मन्त्री बनाउन देउवा बाध्य भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार