Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • माधव नेपालले बोलाए आफ्ना पार्टीका मन्त्रीलाई, राम्रो काम गरेर देखाउन निर्देशन


    आइतबार, असोज २४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना पार्टीबाट मन्त्री बनेकाहरुलाई छलफलका लागि बोलाएका छन् । 

    अध्यक्ष नेपालले आइतबार विहान ११ बजे पार्टी कार्यालयम बोलाएको सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् । 

    उनका अनुसार जनपक्षीय काम गर्नका लागि निर्देशन दिन अध्यक्ष नेपालले बोलाएका हुन् । यसअघि शनिबार अध्यक्ष नेपालले पार्टीबाट मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीलाई राम्रो काम गरेर देखाउन निर्देशन दिएका थिए ।
     
    वर्तमान सरकारमा एकीकृत समाजवादीबाट  ४ मन्त्री र एक राज्यमन्त्री सहभागी छन् । जसमा सहरी विकासमा झाँक्रीसहित स्वास्थ्यमन्त्रीमा विरोध खतिवडा,  पर्यटनमा प्रेम आले र श्रममन्त्रीमा किसान श्रेष्ठले जिम्मेवारी पाएका छन् । यस्तै स्वास्थ्य राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ नियुक्त भएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार