Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सशक्त कम्युनिष्टको नेतृत्व एकीकृत समाजवादीले गर्छ : उपाध्यक्ष पाण्डे


    शनिबार, असोज २३ २०७८
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले आफ्नो पार्टीले सशक्त कम्युनिष्ट धारको नेतृत्व गर्ने बताएका छन् ।

    काठमाडौँमा आयोजित दसैं तिहार शुभकामना आदानप्रदान कार्यक्रममा उनले मुलुकमा निरङ्कुशता विरुद्ध सबै एकजुट हुनुपर्ने बताए ।

    उपाध्यक्ष पाण्डेले कम्युनिष्ट पार्टीमा व्यक्ति पूजाको सुरुआत भएकामा चिन्ता व्यक्त गर्दै एकीकृत समाजवादीमा सबै सदस्यको समान हैसियत हुने र आवश्यकताअनुसार जिम्मेवारी फरक फरक हुने बताए ।

    सो पार्टीका सचिव जीवनराम श्रेष्ठले एमालेमा एकल नेतृत्व हाबी भएकाले आफूहरुले अन्तरसङ्घर्ष गरी त्यसलाई सच्याउन खोजेको भए पनि नेतृत्व तयार नभएपछि पार्टीमा विद्रोह गरी नयाँ कम्युनिष्ट पार्टी स्थापना गरिएको जानकारी दिए । उनले कम्युनिष्ट विचारलाई एकीकृत समाजवादीले मात्र अवलम्बन गरेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार