Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वडीआइजी रमेश खरेल राजनीतिक दल खोल्दै, को को जाँदैछन् उनको पार्टीमा ?


    शनिबार, असोज २३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेलले अन्ततः राजनितिक पार्टी खोल्ने भएका छन्। नेपाल प्रहरीको डिआईजी पदबाट  राजीनामा दिएर नेपाल सुशासन अभियान नामक समूह सञ्चालन गरिरहेका खरेलले भोली पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गर्ने भएका हुन् । नेपाल सुशासन अभियानका संयोजक खरेलले आज एक विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएका हुन् ।

    खरेलले कुशासन, भ्रष्टाचार र वेथितिको विरुद्ध आवाज उठाउँदै आइरहेका छन् ।उनले विज्ञप्तिमा लेखेका छन्–‘कुशासन, भ्रष्टाचार र वेथितिको विरुद्ध आवाज उठाइरहेको नेपाल सुशासन अभियानलाई राजनीतिक दलको रुपमा रुपान्तरण गर्नु पर्दछ भन्ने जन चाहानालाई सम्बोधन गर्न र सम्पूर्ण नेपाली दिदी–बहिनी, दाजु–भाईसँग हातेमालो गर्दै अगाडि बढ्न छलफल, सुझाव, सहभागिता र आवद्धताको लागि आव्हान तथा अपिल गर्न नेपाल सुशासन अभियानले पत्रकार सम्मेलन आयोजना गर्न गइरहेको छ ।’

     यस्तो छ नेपाल सुशासन अभियानका संयोजक खरेलले जारी गरेको बिज्ञप्तिको पूर्णपाठ

    kharel bigpti.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार