Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मन्त्री बनेका गजेन्द्र हमालको बचाउ गर्दै प्रचण्ड भन्छन् – उहाँ कांग्रेसको कोटामा मन्त्री बन्नु भएको हो


    शनिबार, असोज २३ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले   गजेन्द्र हमाल कांग्रेसको कोटामा मन्त्री भएको बताएका छन् ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटामा मन्त्री बनेका गजेन्द्र हमालको बारेमा बचाउ गरेका छन्। अध्यक्ष प्रचण्डले हमालको बारेमा चलेको चर्चाको कुनै तुक नभएको समेत बताए ।

    आज  बिहान भरतपुर विमानस्थलमा आयोजना भएको पत्रकार सम्मेलनमा प्रचण्डले हमाललाई मन्त्री बनाएको विषयमा होहल्ला गर्नु आवश्यक नभएको वताए । उनले त्यस्ता कुनै अनावश्यक चर्चाको केही तुक नरहेको पनि दाबी गरे ।प्रधानन्यायाधीश  राणाका जेठान गजेन्द्र हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी दिएका थिए ।  हमाल संघीय संसद् सदस्य छैनन् । गैरसांसद पनि निश्चित समयका लागि मन्त्री बन्न पाउने संवैधानिक प्रवधान रहेको र यसअघि पनि यस्तो काम धेरै भएको हुँदा हमालको विषय कुनै नयाँ नभएको दाहालको थप भनाइ थियो ।अध्यक्ष प्रचण्डले हमाल कांग्रेसको मान्छे भएको र कांग्रेसको कोटामा मन्त्री बनेको पनि दाबी गरे ।

    राजनीतिक दलहरूबीचको भागबन्डामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम जोडिएपछि देशमा नयाँ बेथिति संस्थागत हुने चिन्ता बढेको बेला प्रचण्डले प्रधानन्यायाधीश जबराका जेठान तथा गैरसांसद गजेन्द्र हमालको बचाउ गरेका हुन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार