Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  सामाजिक संजालमा भाइरल बनिन् झाँक्री, गोकर्ण बिष्ट निकट नेता–कार्यकर्ताबाट बधाइको ओइरो


    शनिबार, असोज २३ २०७८
    735
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेकपा(एकीकृत समाजवादी)बाट शहरी विकास मन्त्रीमा नियुक्त भएकी रामकुमारी झाँक्रीलाई बधाइ दिनेको सामाजिक संजाल रंगिएका छन् । शुक्रबार नियुक्त २२ मन्त्री र ३ राज्यमन्त्री मध्ये सामाजिक संजालमा सबैभन्दा बढी बधाइ पाउनेमा झाँक्री नै देखिएकी छन् ।

    यो उनीप्रतिको अपार समर्थन नै हो । झाँक्रीलाई एमालेका ठूला नेताले फोनमा बधाइ दिए पनि सामाजिक संजालमा भने दिएका छैनन् । तर अनेरास्ववियुको पूर्वअध्यक्ष रहिसकेकी झाँक्रीलाई उनकै जिल्ला गुल्मीका एमालेका जनप्रतिनिधिदेखि नेता कार्यकर्ताले भने बधाइ दिएका छन् । गुल्मीको २ नम्बर क्षेत्रबाट २६ बर्षदेखि एमालेबाट सांसदको टिकट पाउँदैआएका गोकर्ण बिष्टलाई आगामी प्रतिनिधिसभाको चुनावमा चुनौती दिने घोषणा झाँक्रीले गरिसकेकी छन् । सत्तारुढ गठबन्धनले समर्थन गरेमा उनले बिष्टलाई चुनौती दिने र बिजयी नै हुने चर्चा हुने गरेको छ ।  बिष्टलाई चुनौती दिने झाँक्रीलाई उनकै समर्थक नेता–कार्यकर्तादेखि शिक्षक, जनप्रतिनिधिले बधाइ दिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । 

    jhakri 1.jpg

    एमालेभित्र गोकर्ण बिष्टका निकटस्थ मानिने र उनले नै अनेरास्ववियुको सचिवालय सदस्य बनाएका राजेन्द्रविक्रम कुँवरले झाँक्रीलाई बधाइ दिंदै फेसबुकमा लेखेका छन्–‘नेपाल सरकारको सहरी विकास मन्त्रीमा नियुक्त हुनुभएकोमा माननीय क. रामकुमारी झाँक्री दिदीलाई बधाई तथा सफल कार्यकालको शुभकामना ।’ 

    गुल्मीको मालिका गाउँपालिका–६ अर्जैका वडाध्यक्ष शोभाखर गिरी लेख्छन्–‘नेपाल सरकारको सहरी विकास मन्त्रीमा नियुक्त हुनुभएकोमा आदरणीय दिदी गुल्मेली चेली रामकुमारी झाँकीलाई हार्दिक बधाईसहित सफल कार्यकालको शुभकामना ।’

    एमालेको लुम्बिनी सम्पर्क समन्वय कमिटी र हाल लुम्बिनी प्रदेश सम्पर्कका सचिवसुशील भट्टराईले लेखेका छन्–‘एउटै स्कुल, गाउँ उही, हाम्री सहकर्मी, सामान्य परिवारकी छोरी मन्त्री बन्न पुगिन्, गदगद छौं साथी । हार्दिक बधाई ।’ 

    गोकर्ण बिष्टका हरेक गतिबिधिलाई आँखा चिम्लेर प्रचार गर्दैआएका र उनका उत्तराधिकारी नै दाबी गर्ने बिमल घिमिरे पनि बधाइ दिएका छन् । एमाले गुल्मी सम्पर्क मञ्चका उपाध्यक्ष चिया तथा कफी विकास बोर्डमा उपसचिव लक्ष्मण पोखरेलले पनि झाँक्रीलाई शुभकामना दिएका छन् ।  

    गोकर्णका काका छोरा भाइ मदन बिष्टले पनि झाँक्रीलाई मन्त्री बनेकोमा बधाइ दिएका छन् । ऊर्जामन्त्री हुँदाका स्वकीय सचिव हिरा एसीकी श्रीमती हिरा कुँवरले पनि उनलाई बधाइ दिएका छन् । 

    बिष्टकै घर रहेको इस्मा गाउँपालिकाका  प्रधानध्यापक भगिरथ भण्डारीले पनि झाँक्रीलाई मन्त्री बनेकोमा बधाइ दिएका छन् । 

    बिष्टले भात खाएर थाल माझेको तस्वीर भाइरल बनाउने पत्रकार शिव सुवेदीले त झाँक्रीलाई बधाई मात्र दिएका छैनन् । उनको बायोग्राफी नै तयार गरी प्रचार प्रसार गरिरहेका छन् । उनीे बिष्टलाई छाडेर नेकपा समाजवादी निकट प्रेस संगठनमा लागिसकेका छन् ।

    बधाई दिनेहरुमध्ये यी केही प्रतिनिधि पात्र हुन् । गुल्मीका बिष्ट निकट एमालेका नेता कार्यकर्ताहरु अधिकांशले सामाजिक संजालमै झाँक्रीलाई बधाइ दिएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार