Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री देउवाले किन दिए प्रधानन्यायाधीशका जेठानलाई मन्त्रीको पुरस्कार ?  


    शुक्रबार, असोज २२ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले पनि मन्त्रिपरिषदमा भागबण्डा लिएका छन् । राणाकी दिवंगत जेठी पत्नीका दाजु गजेन्द्र हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गरेका छन् । प्रधानन्यायाधीशले सत्तामा भागबण्डा मागेको बिषयमा मिडियामा समाचार आएपछि सर्वोच्च अदालतले २०७८ असोज १८ मा खण्डन गरेको थियो । सर्वोच्च अदालतका  प्रवक्ता बाबुराम दाहालले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्रिपरिषदमा भाग नखोजेको भन्दै विज्ञप्ति निकालेका थिए । तर त्यो विज्ञप्तिको मसी नसुक्दै प्रधानमन्त्री देउवाले गरेको शुक्रबार गरेको मन्त्रिपरिषद बिस्तारमा हमाल उद्योग मन्त्रीमा नियुक्त भएका छन् ।

    हमालको नियुक्तिले प्रधानन्यायाधीश राणाले सत्तामा भागबण्डाको मोलमोलाई गरेको कुरालाई पुष्टि गरेको छ । प्रधानन्यायाधीश राणाले दीपक तिमल्सिनाको नाम चर्चामा ल्याएर मिडिया ट्रायल गरी जेठान हमाललाई मन्त्री बनाएका छन् । 

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभा बिघटन गरेपछि हमालले नै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिलाउन बिचौलियाको भूमिका खेलेको स्रोतहरु बताउँछन् । २०५९ मा नेपाली कांग्रेस विभाजनपछि गठन भएको प्रजातान्त्रिक कांग्रेसका बाँके जिल्ला सभापति समेत रहेका हमालको देउवासँग बाक्लै उठबस छ । देउवाले हमालमार्फत् नै आफूलाई प्रधानमन्त्री नियुक्त गराउन परमादेश गराएकाले पनि उनलाई मन्त्री बनाएर गुन तिरेको चर्चा छ ।  

    प्रधानन्यायाधीश राणाले गएको असार २८ मा शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिका नाममा कारण देखाउ आदेश दिएपछि २ जनालाई मन्त्री बनाउने माग गरेका थिए ।  जेठान गजेन्द्र हमाल र मुद्दाका बिचौलिया दीपक तिमल्सिनालाई मन्त्री बनाउन सिफारिस गरेको समाचार सार्वजनिक भयो । प्रधानन्यायाधीश राणाले देउवा सरकार गठन हुनासाथ सम्धी डा. तिलक रावललाई अर्थमन्त्री नै बनाउन पनि आग्रह गरेको चर्चा छ । अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त भइसकेपछि उनले धादिङको केपी सिमेन्ट उद्योगका संचालक केशवप्रसाद उप्रेती (केपी)लाई पनि मन्त्री बनाउन दबाब दिएको कुरा सार्वजनिक भयो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार