Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषदले पायो पूर्णता, यी हुन् गठबन्धन सरकारका मन्त्रीहरु (सूचिसहित)


    शुक्रबार, असोज २२ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ८८ दिनपछि आज (शुक्रबार) मन्त्रिपरिषदले पूर्णता पाएकाे छ ।

    सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच बिहीबार मन्त्रालय भागबण्डामा मिलेपछि आज प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । 

    शुक्रबार साँझसम्ममा मन्त्रीहरूकाे शपथ हुने देउवाको सचिवालयले जानकारी दिएको छ ।

    प्रधानमन्त्रीले डा.मिनेन्द्र रिजाललाई रक्षा, रेणु यादवलाई भौतिक पूर्वाधार, विरोध खतिवडालाई स्वास्थ्य, रामकुमारी झाँक्रीलाई सहरी विकास, देवेन्द्र पौडेललाई शिक्षा, दिलेन्द्रप्रसाद बडुलाई कानून, प्रेमबहादुर आलेलाई पर्यटन, उमाकान्त चौधरीलाई खानेपानी तथा महिन्द्र राय यादवलाई कृषि मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

    त्यस्तै उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, रामसहायप्रसाद यादव वन तथा वातावरण , कृष्णकुमार श्रेष्ठ श्रम तथा रोजगार र महेश्वरजंग गहतराज युवा तथा खेलकुदमन्त्री भएका छन् । गैरसांसद गजेन्द्र हमाललाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको छ । भवानीप्रसाद खापुङलाई स्वास्थ्य राज्यमन्त्री र बोधकुमारी यादवलाई शिक्षा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

    कानूनमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चारमन्त्रालयको जिम्मेवारी दिइएको छ भने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा जिम्मेवारी दिइएको छ ।

    cabinet-22-asoj-2-1489x2048.jpg
    cabinet-22-asoj-1-1489x2048.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार