Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसबाट थपिने मन्त्रीको टुंगो लाग्यो- मिनेन्द्रलाई रक्षा, कानूनमा दिलेन्द्र


    शुक्रबार, असोज २२ २०७८
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी हुने नेताको नाम टुंगो लागेको छ ।

    प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आज कांग्रेसका ४ नयाँ मन्त्री थप्दैछन् । 

    जसमा देउवानिकट स्रोतका अनुसार कांग्रेसबाट आज डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, उमा रेग्मी र उमाकान्त चौधरी मन्त्री बन्ने भएका हुन् ।

    यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीमा रहेका ज्ञानेन्द्रबहादुर कार्की भने अब सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्ने भएका स्रोतले बताएको छ ।

    कांग्रेसको भागमा सात मन्त्री र एक राज्यमन्त्री परेको छ । यसअघि तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन् ।

    कांग्रेसको भागमा परेको खानेपानी मन्त्रालयको नेतृत्व उमाकान्त चौधरीले गर्ने भएका छन् भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी भएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार