Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपा शैली पछ्याउँदै एकीकृत समाजवादी, बनायाे ११ जनाको ‘हाइकमान्ड’


    शुक्रबार, असोज २२ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले तत्कालीन नेकपा शैलीकै हाइकमान्डका रूपमा सचिवालय गठन गर्ने निर्णय गरेको छ । 

    स्थायी कमिटीको बिहीबार बसेको बैठकमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा  ११ सदस्यीय सचिवालय गठन गर्ने निर्णय गरेको हो । 

    सचिवालयमा नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, नेता मुकुन्द न्यौपाने, तीन उपाध्यक्षहरू क्रमशः राजेन्द्र पाण्डे, प्रमेश हमाल र जयन्ती राई, हासचिव बेदुराम भुसाल, उपमहासचिवत्रय जगन्नाथ खतिवडा, प्रकाश ज्वाला र विजय पौडेलका साथै गंगालाल तुलाधर छन् । 

    स्थायी कमिटी बैठक बस्न नसकेको बेला केन्द्रीय सचिवालयले आवश्यक निर्णय गर्न सक्ने उपमहासचिव ज्वालाले जानकारी दिए

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार