काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ८८ दिनपछि आज (शुक्रबार) मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ ।
सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच बिहीबार मन्त्रालय भागबण्डामा मिलेपछि आज प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् ।
याे सँगै नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने नेताहरुले कुन मन्त्रालय पाउने भनेर पनि जिम्मेवारी तोकिएको छ ।
माओवादी केन्द्रका एक नेताका अनुसार, देवेन्द्र पौडेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्ने भएका छन् भने शशी श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकाे जिम्मेवारी तोकिएको छ ।
यसतै महेश्वर गहतराजलाई युवा तथा खेलकुद मन्त्रीको जिम्मा दिने पार्टीमा निर्णय भएको छ भने राज्यमन्त्रीमा सिफारिस मोधमाया यादवलाई शिक्षा वा भूमि व्यवस्थाको राज्यमन्त्री दिने तयारी छ ।
शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीले पाँच मन्त्री र एक राज्यमन्त्री पाएको छ । देउवाले प्रधानमन्त्रीबाट सपथ लिएकै दिन जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनेका थिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend