काठमाडौं । नेकपा (एकीकृत समाजवादी)बाट रामकुमारी झाँक्री मन्त्री हुने निश्चित भइसकेको छ । २०६२–०६३ को जनआन्दोनले झाँक्रीलाई सेलिब्रेटी नै बनायो । आन्दोलनमा उनलाई प्रहरीले लाठी प्रहार गर्दा उनको टाउको फुटेर रक्तरंजित भएको थियो । बिद्रोही स्वभावकी झाँक्री एमालेमा केपी शर्मा ओलीको सधैं आलोचक रहँदैआएकी थिइन् । नेकपा समाजवादी पार्टी गठनमा उनी सुरुदेखि नै लागेकी हुन् । घनश्याम भूसाल, योगेश भट्टराई जस्ता उनका राजनीतिक गुरुहरुले दस बुँदे अनुसार एमालेमै रहने घोषणा गर्दा पनि उनले ओलीलाई साथ दिन सकिनन् ।
वि.स. २०३४ सालमा गुल्मीको म्यालपोखरी गाविस १ रत्नबहादुर र रनकुमारीकी छोरीको रुपमा रामकुमारी झाँकीको जन्म भएको हो । रामकुमारी झाक्रीको एउटा सामान्य किसान परिवारमा छैटौं सदस्यका रुपमा गाउमै जन्म भएको हो । उनको माध्यमिक तहको शिक्षा पृथ्वी माध्यमिक विद्यालय पुर्कोटदहवाट उत्तीर्ण गरेकी हुन् भने विए पद्मकन्या क्याम्पस र एम त्रिभुवन विश्वविद्यालय काठमाडौवाट भएको हो । सानै उमेरदेखि राजनीति चासो राख्ने उनी पृथ्वी माध्यमिक विद्यालयको प्रारम्भिक कमिटीमा पहिलोपटक सदस्यमा जोडीएकी हुन् ।
नेपाली राजनीतिमा प्रखर बोल्ने महिला नेतृ झाँक्री हाल प्रतिनिधिसभामा नेपाल कम्युनिष्ट पार्टी समाजवादीकी सांसद् हुन् । समाजवादी पार्टीकी केन्द्रीय सचिव रहेकी झाँक्रीको राजनीति यात्रा विद्यार्थी राजनीति पृष्ठभूमिबाट शुरुवात भएको हो । २०६५ सालमा तत्कालीन नेकपा (एमाले) को विद्यार्थी सङ्गठन अनेरास्ववियुको पोखरा महाधिवेसनबाट उनी अध्यक्ष भएकी थिइन् ।
प्रतिस्पर्धी गोकुल घर्तीलाई ७ सय मतअन्तरले पराजित गर्दै अनेरास्ववियुको ४० बर्षपछि अध्यक्ष पदमा निर्वाचित हुने उनी पहिलो महिला नेतृ बनेकी थिइन् । त्यसपछि राजनीतिमा उनको चर्चा झन चुलिएको हो । उनले अनेरास्ववियुको केन्द्रीय सदस्य, सचिवालय सदस्य, महिला विभाग प्रमुख, प्रचारप्रसार विभाग प्रमुख, सचिव, उपाध्यक्ष हुँदै खुल्ला राजनीतिवाट अध्यक्षमा विजयी भएकी हुन् ।
नेपाली राजनीतिमा प्रखर बोल्ने महिला नेतृ झाँक्री पछिल्लो समय माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको सचिव छिन् । तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनमा सदस्य पदमा समेत उनी निर्वाचित भएकी थिइन् । राजनीतिक जीवनमा उनले पटक पटक प्रहरी हिरासतमा दिनहरु विताएकी छन् भने कयौंपटक आन्दोलनको क्रममा घाइते भएर अस्पतालको वेडसम्म पुगेकी छन् ।
पछिल्लोपटक तत्कालीन प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले राज्यविरुद्धको कसुरमा पक्राउ गरेपछि सामाजिक सञ्जालदेखि चियापसलसम्म उनको बारेमा चर्चा परिचर्चा सुरु भयो ।
झाँक्रीलाई पक्राउ गरेपछि विभिन्न दलका नेताहरुले नागरिकको स्वतन्त्रता हनन् भएको भन्दै सरकारको आलोचना समेत गरे । गिरफ्तारी दिनुअघि उनले राज्यले अभिव्यक्ति स्वतन्त्रताविरुद्ध अंकुश लगाउन खोजेको आरोप लगाएकी थिइन् । उनलाई राज्यविरुद्धको कसुर दफा ५८ बमोजिम प्रक्राउ पुर्जी दिइएको थियोे । तर चर्को बिरोधपछि प्रहरीले सोही दिन बेलुका रिहा गरिदियो । त्यसपछि झाँक्रीको झनै चर्चा चुलियो ।
उनको २०६६ माघ २९ मा धनकुटा जिल्लाका पशुपतिबाबु पुरीसँग विवाह भएको हो । एक छोराकी आमा रहेकी नेतृ झाँक्री विवाहपछि पार्र्टीभित्रको आन्तरिक कारणले राजनीतिमा जिम्मेवारी पाउने विषयमा पर्नुभएन । केही समय निस्क्रियजस्तै देखिए पनि उनी सधै राजनीतिमा सक्रिय नै रहेकी छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend