Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दर्ता भएकाे डेढ महिनामै एकीकृत समाजवादीकाे सत्ता यात्रा, को–को बन्दै छन् मन्त्री ?


    शुक्रबार, असोज २२ २०७८
    735
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट दलको मान्यता पाएको डेढ महिना पनि नपुग्दै शुक्रबार सत्तारोहण गर्ने भएको छ ।

    एमालेबाट विभाजित भएर माधवकुमार नेपालको नेतृत्वमा गठित एकीकृत समाजवादीले आज (शुक्रबार) बाट औपचारिक रूपमा केन्द्रीय सत्ताको यात्रा शुरु गर्ने भएएकाे हाे ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन प्रमुख भूमिका खेलेका माधव नेपालको नेतृत्वमा गठित नेकपा एकीकृत समाजवादी आज चार मन्त्रालयका साथ सत्तामा उक्लिँदै छ ।

    नेकपा एसले ६–६ महिना गरी नेताहरूलाई मन्त्री बनाउने भएको छ । धेरै जना आकांक्षी देखिएपछि पार्टीले दुई चरणमा मन्त्री बनाउन लागेको हो । नेकपा एस स्रोतका अनुसार पहिलो चरणमा रामकुमारी झाँक्री, विरोध खतिवडा, कृष्णकुमार श्रेष्ठ र प्रेम आलेलाई मन्त्री बनाउने तयारी छ ।

    त्यस्तै ६ महिनापछि उनीहरूलाई फिर्ता बोलाएर मेटमणि चौधरी, भवानी खापुङ, शेरबहादुर कुँवर र जीवनराम श्रेष्ठलाई पठाइनेगरी सहमति हुने सम्भावना रहेको पार्टीले जनाएको छ ।

    स्रोतका अनुसार रामकुमारी झाँक्रीलाई स्वास्थ्य, विरोध खतिवडालाई सहरी विकास, कृष्णकुमार श्रेष्ठलाई श्रम र प्रेम आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइने तयारी छ 

    यसका साथै एक राज्यमन्त्री पनि नेकपा (एस) पाउने भएको छ । राज्यमन्त्रीमा कसलाई पठाउने भन्नेबारेमा पनि सचिवालय बैठकले निर्णय गर्ने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार