Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले नेता जोशीले छाडे ओलीकाे साथ, एकीकृत समाजवादीमा प्रवेश (पत्रसहित)


    बिहिबार, असोज २१ २०७८
    820
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी अध्यक्ष केपी शर्मा ओलीकाे साथ छाडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

    पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका जोशीलाई बिहीबार समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश गराएका हुन् ।

    समाजवादी पार्टीमा प्रवेश गर्नुअघि असोज २० गते एमालेबाट राजीनामा दिएका जोशी बझाङ क्षेत्र नं १ बाट २०५१ सालमा प्रतिनिधि सभा सदस्य र २०६४ सालमा सोही क्षेत्रबाट संविधानसभा सदस्य रहेका थिए । 

    उनले आफ्नो राजीनामा पत्रमा एमाले एकताका लागि गरिएको १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन (अपानी)  कार्यान्वयन नगरेकोमा अध्यक्ष केपी ओलीप्रति असन्तुष्टि जनाएका छन् ।

    ‘पार्टी एकताका लागि कोशेढुंगाको रुपमा रहेको १० बुँदे सहमति र अपानी १२ समेत कार्यान्वयन नगर्ने, पार्टीमा फेरि पनि आग्रह, पूर्वाग्रहको अवस्था यथावत नै रहेको महशुस एमाले केन्द्रीय कमिटी सदस्य पदबाट राजीनामा दिएको छु’, अध्यक्ष ओलीलाई सम्बोधन गरेर दिएको राजीनामामा जोशीले भनेका छन् । 

    243450776_377627644014187_5303060466210347385_n_R9wrwzkrwE.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार