Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विवादमा एमालेको लोगो: आफ्नाे चुनाव चिन्हसँग मिलेकाे भन्दै माओवादीले दाबी विरोध गर्ने


    बिहिबार, असोज २१ २०७८
    835
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । केही दिनअघि सम्पन्न एमालेको पहिलो विधान महाधिवेशनले पारित गरेको सूर्यभित्र गोलाकार हँसिया हथौडा भएको लोगो विवादमा परेको छ ।

    परिवर्तित एमालेको नयाँ लोगो नेकपा माओवादी केन्द्रको चुनाव चिन्हसँग मिल्दोजुल्दो भएपछि यसबारे माओवादी केन्द्रले आपत्ति जनाएकाे हाे ।

    माओवादी नेता देव गुरुङले यसमा दावी विरोध गर्न सकिने बताउँदै पार्टीले काननुविदहरुसँग छलफल गरेर अघि बढ्ने तयारी भइरहेको जानकारी दिएका छन् ।

    गुरुङले भने,‘समान्यतया अर्को पार्टीको चुनाव चिन्ह राख्न पाइँदैन । निर्वाचनसम्बन्धी कानुनले पनि त्यहीँ भन्छ । ‘कानुनविद्हरुसँग परामर्शकै क्रममा छौ, परामर्शपछि के गर्ने भन्ने टुङ्गो लाग्छ ।’

    तर एमालेका उपमहासचिव विष्णु पौडेलले माओवादीको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडा नभएको भन्दै उहाँहरुको दावी नपुग्ने बताएका छन् ।

    ‘पहिलो कुरा हँसिया हथौडा उहाँहरुको चुनाव चिन्ह भएपनि गोलाकारभित्रको हँसिया हथौडा त होइन । दोस्रो कुरा हँसिया हथौडा कम्युनिस्ट सबै पार्टीहरूको साझा झण्डा हो’, पौडेलले भने, ‘हाम्रो पनि त्यहीँ हो । त्यसैले उहाँहरुको दावी मिल्दैन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार