Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बागमती प्रदेश: मुख्यमन्त्री शाक्यद्वारा विश्वासको मत लिने तयारी, यस्तो छ अंकगणित


    बिहिबार, असोज २१ २०७८
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकी छिन् । शाक्यले असोज २४ गते विश्वासको मत लिने भएकी हुन्।

    त्यसका लागि प्रदेश सरकारले असोज २४ गते नवौं (हिउँदे) अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २४ गते आइतबार दिउँसो ३ बजे प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।

    शाक्यले २५ गतेसम्म विश्वासको मत लिनै पर्ने कानुनी बाध्यता छ । १ सय ९ सदस्यीय प्रदेशसभामा शाक्यको दल नेकपा एमालेका ४३ सांसद मात्र छन् । प्रदेशसभाको विश्वास लिन शाक्यले ५५ सांसदको समर्थन जुटाउनुपर्छ।

    प्रदेशसभामा नेपाली कांग्रेसका २२, माओवादी केन्द्रको २३, नेकपा एकीकृत समाजवादीका १३ सांसद छन्। त्यस्तै विवेकशील साझाका ३, राप्रपा र नेमकिपाको २/२ र एक जना स्वतन्त्र सांसद छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार