काठमाडौं । सरकारमा सहभागी हुने मन्त्रीहरुको बारेमा टुंगो लगाउन नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय तिनकुनेमा बस्ने अध्यक्ष माधव नेपालको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार एकीकृत समाजवादीले चारवटा मन्त्रालय र एक राज्यमन्त्री पाउने मोटोमोटी गठबन्धन दलमा सहमति भइसकेको छ। यद्यपि, दलहरुले अझै कुन कुन मन्त्रालय कसले लिने भन्ने टुंग्याउन सकेको देखिदैन।
स्रोतका अनुसार नेकपा समाजवादीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, कानुन न्याय तथा संसदीय मामिला र सहरी विकास मन्त्रालय छुट्याइएको छ ।
सत्तारुढ गठबन्धनको बैठकमा मन्त्रालय छुट्याउँदा अडान राख्न नसकेकोमा समाजवादी पार्टीका नेताहरुले नेतृत्वप्रति असन्तुष्टि प्रकट गरेका छन् । मन्त्री छनोटको मापदण्ड बनाउन बुधबार बसेको समाजवादीको बैठकमा नेपाली कांग्रेस र माओवादीले रोजेर मन्त्रालय लिने आफूहरुले छाडेको लिनुपर्ने अवस्था कसरी सृजना भयो भन्दै सांसद र नेताहरुले बिरोध गरेका थिए ।
मन्त्रालय भागबण्डाः कांग्रेस, माओवादी र जसपालाई रोजीरोजी, छाडेका जति नेकपा समाजवादीलाई
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend