Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रदेश २ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत


    बुधबार, असोज २० २०७८
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । देश २ का मुख्यमन्त्री लालबाबु राउतले दुईतिहाइको समर्थन पाएका छन् । 

    सत्तारुढ दल विभाजित भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् ।

    प्रदेशसभामा उपस्थित १०० सांसदमध्ये मुख्यमन्त्री राउतले प्रस्ताव गरेको विश्वासको मतको पक्षमा ७७ सांसदले मत दिएका छन् भने सो प्रस्तावको विपक्षमा २३ मत परेको छ । यो कुल प्रदेशसभा सदस्य संख्या १०४ को दुईतिहाइ हो ।

    सत्तारुढ दल विभाजित भए पनि राउत नेतृत्वको सरकारलाई नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रका सांसदहरुले मत दिएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार