Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • नेता सोनल भन्छन्: मुख्यमन्त्रीको नैतिकतामाथि प्रश्न उठेको छ, पद त्याग गर्नुपर्छ


    बुधबार, असोज २० २०७८
    975
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकापुरधाम । प्रदेश–२ को प्रमुख प्रतिपक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीको गतिविधिका कारण प्रदेशको गरिमामाथि प्रश्न उठेको बताएका छन् । 

    प्रदेशसभाको साताैँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता सोनलले साे कुरा बताएका हुन् ।

    ‘साइकल खरिद विषयमा मुख्यमन्त्रीको नैतिकतामाथि प्रश्न उठेको छ,’ सोनलले भने, ‘साइकल खरिदमा मुख्यमन्त्रीलाई लागेको दाग धुन मार्ग प्रशस्त गर्नुपर्छ । सुशासन भाषणमा मात्रै नभएर व्यवहारमा देखिनु पर्छ ।’

    मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धानको छापाले संघीयतामाथि कुनै खतरा नहुने बताउँदै उनले भने, ‘संघीयता लौकाको कोपिला होइन, मुख्यमन्त्री कार्यालयमा साइकल खरिदमा भएको अनियमितताको उजुरी आधारमा अख्तियारले छापामारीले संघीयता गुम्दैन ।’

    ‘मुख्यमन्त्रीको निरीहतामाथि प्रश्न उठेको छ,’ सोनलले भने, ‘कार्यालयको गतिविधि जानकारी नहुनु, मन्त्रालयको विवाद अदालतमा जानु दुर्भाग्य हो ।’

    अनुसन्धानका लागि मुख्यमन्त्री कार्यालयबाट कागजात लिएर गएपछि अख्तियारविरुद्ध प्रदर्शन गर्नुको तुक नभएको पनि उनको भनाइ थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार