Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रालय भागबण्डाः कांग्रेस, माओवादी र जसपालाई रोजीरोजी, छाडेका जति नेकपा समाजवादीलाई


    बुधबार, असोज २० २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । मन्त्रालय भागबण्डामा अडान लिन नसकेकोमा नेकपा (एकीकृत समाजवादी) पार्टीमा असन्तुष्टि उत्पन्न भएको छ । नेपाली कांग्रेस, माओवादी र जनता समाजवादीले रोजेर मन्त्रालय लिएकाले छाडेका मन्त्रालय लिएर अपहेलित भएर नेकपा समाजवादी सरकारमा जानु नहुने भन्दै उक्त पार्टीभित्र बिरोध सुरु भएको छ । 

    सत्तारुढ दलहरुले मंगलबार मन्त्रालयको भागबण्डा टुंगो लगाएका थिए । भागबण्डामा ठूला मन्त्रालय जति नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीले लिएर समाजवादीलाई छाडेका मन्त्रालय दिएको भन्दै पार्टीमा बिरोध भएको हो । नेकपा समाजवादीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, कानुन न्याय तथा संसदीय मामिला र सहरी विकास मन्त्रालय छुट्याइएको छ । यी मन्त्रालय लो प्रोफाइलका हुन् ।  

    सत्तारुढ गठबन्धनको बैठकमा मन्त्रालय छुट्याउँदा अडान राख्न नसकेकोमा समाजवादी पार्टीका नेताहरुले नेतृत्वप्रति असन्तुष्टी प्रकट गरेका छन् । मन्त्री छनोटको मापदण्ड बनाउन आज बसेको समाजवादीको बैठकमा नेपाली कांग्रेस र माओवादीले रोजेर मन्त्रालय लिने एमालेलाई छाडेको लिनुपर्ने अवस्था कसरी सृजना भयो भन्दै सांसद र नेताहरुले बिरोध गरेका छन् ।

    सरकार बनाउन पार्टी नै विभाजन गरेका नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले पेलेकाले सरकारमै जानु नहुने आवाज पनि समाजवादीको बैठकमा उठेको एक सांसदले नेपालफेसलाई बताएका छन् ।

    जनसम्पर्क हुने र महत्वपूर्ण मानिने गृह, संचार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसंख्या र रक्षा मन्त्रालय नेपाली कांग्रेसले राखेको छ । त्यसपछिका आकर्षक मन्त्रालय अर्थ, ऊर्जा, शिक्षा, उद्योग जस्ता मन्त्रालय माओवादीलाई छुट्याइएको छ । जनता समाजवादीलाई भौतिक पूर्वाधार तथा यातायात, कृषि, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण मन्त्रालय छुट्याइएको छ । जसपाले पाएका ४ वटै मन्त्रालय आकर्षक र बजेट बढी भएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार